२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सिद्धार्थ केवलकारको आईपिओ खोल्ने तयारीमा, प्रकृया थालनी

सिद्धार्थ केवलकारको आईपिओ खोल्ने तयारीमा, प्रकृया थालनी

सिद्धार्थ केवलकारको आईपिओ खोल्ने तयारीमा, प्रकृया थालनी

सिद्धार्थ केवलकारको आईपिओ खोल्ने तयारीमा, प्रकृया थालनी

सिद्धार्थ केवलकारको आईपिओ खोल्ने तयारीमा, प्रकृया थालनी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • बुटवल । सिद्धार्थ केवलकार लिमिटेडले आईपिओ खोल्ने तयारी गरेको छ । दशैंदेखि अनौपचारिक सञ्चालनमा आएको केवलकारले छिटै विशेष साधारण सभा गर्ने र विशेष साधारण सभा पछि आईपिओ खोलिने मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । 

    हाल सिद्धार्थ केवलकार लिमिटेडको चुक्ता पुँजी ६० करोड रहेको छ । त्यसलाई बृद्धि गरी एक सय करोड पुर्याईने कम्पनीका प्रवन्ध सञ्चालक प्रभुलाल अधिकारीले जानकारी गराए । उनका अनुसार अहिलेसम्म यो केवलकारमा १ अर्व १० करोड रुपैंया लगानी भईसकेको छ ।

    ‘सर्वसाधारणको लागि १५ करोड रुपैंयाको पब्लिक शेयर खोल्ने कुरा थियो । तर अब त्यो पनि बढाउने की भन्ने भएको छ’ प्रवन्ध सञ्चालक अधिकारीले भने । बुटवल उपमहानगरपालिकाबाट पाल्पाको तिनाउँ गाउँपालिकाको नुवाकोटलाई जोड्ने यो केवलकारको वटम स्टेशन र टप स्टेशनमा पूर्वाधार निर्माण भईरहेको छ । 

    नुवाकोटको ऐतिहासिकतालाई उजागर गर्दै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनाउने गरि काम गरिएको कम्पनी सञ्चालक समितिका अध्यक्ष इञ्जिनियर राजेन्द्रसिंह गुरुङले जानकारी गराए ।  ‘केवलकार एउटा पाटो मात्र हो ।’ उनले भने ‘नुवाकोटको आफनै विशेषता र ईतिहास छ, उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन ।’


    निर्माणकै क्रममा रहेको यो केवलकार गएको दशैंबाट अनौपचारिक सञ्चालन गरिएको छ । जसमा हालसम्म ७० हजार भन्दा बढी पर्यटकले केवलकारको यात्रागरी नुवाकोट अवलोकन गरेका छन् । केवलकार निर्माणसंगै नुवाकोटलाई थप पर्यटकीय अकर्षक बनाउने र बटम स्टेशनमा पनि आकर्षक बनाएर सकिएपछि आगामी २०८२ बैशाख १ गते उद्घाटन गर्नेगरी काम भईरहेको प्रवन्ध सञ्चालक अधिकारीले जानकारी गराए। 

    यो केवलकारको दुरी २ किलोमिटरको रहेको छ । जसमा २५ वटा गोण्डुला रहेका छन् । एउटा गोण्डुलामा ८ जना यात्रु क्षमता रहेको छ । बटम स्टेशनबाट टप स्टेशनमा पुग्न ९ मिनेटको समय लाग्ने कम्पनीले जनाएको छ भने अहिले ४८ जनाले प्रत्येक्ष रोजगारी पाएका छन् ।

    हाल कम्पनीले प्रति यात्रु ३२५ रुपैंया शुल्क निर्धारण गरेको छ । यसलाई थोरै परिमार्जन गरेर ३५० रुपैंया बनाउन लागिएको पनि कम्पनीले जनाएको छ । यो केवलकारमा ५ वटा संस्थागत सहित २२७ जना प्रमोटर शेयर सदस्य रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij