२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

स्थापना दिवसमा नेपाल अपाङ्ग आश्रममा ग्रेस बुटवलको सहयोग

स्थापना दिवसमा नेपाल अपाङ्ग आश्रममा ग्रेस बुटवलको सहयोग

स्थापना दिवसमा नेपाल अपाङ्ग आश्रममा ग्रेस बुटवलको सहयोग

स्थापना दिवसमा नेपाल अपाङ्ग आश्रममा ग्रेस बुटवलको सहयोग

स्थापना दिवसमा नेपाल अपाङ्ग आश्रममा ग्रेस बुटवलको सहयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • बुटवल । ग्रेस ईन्टरनेसनल एजुकेसन माइग्रेसनको १८ औ वार्षिकोत्सवको अवसरमा न्यानो कपडा एवं खाद्यान्न सामाग्री वितरण गरेको छ। बुटवल देबिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा  न्यानो कपडा एवं खाद्यान्न सामाग्री वितरण गरिएको हो।

    बुधवार एक कार्यक्रमको आयोजना गर्दै ग्रेस बुटवलका निर्देशक ईश्वर भट्टराईको नेतृत्वको टोलीले आश्रममा पुगेर जाडोको लागि न्यानो कपडा तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । 

    कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले ग्रेसले आफ्नो वार्षिकोत्सवको अवसरमा एउटा सामाजिक उत्तरदायीत्वको कामको साथमा मनाउने योजना अनुसार यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

    86ab3576-f2a4-49ce-b6a8-e9664647bb7f.jpg

    उनले ८० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको जानकारी गराउँदै १५ सेट बिस्तारा, केही बोरा चामल, तेल, चाउचाउ लगायतका सामाग्रीहरू वितरण गरिएको बताए । 

    आश्रमका अध्यक्ष डोल बहादुर रामदानले अनाथ सँगै अपाङ्ग आश्रम भए पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको बताउँदै विभिन्न सामाजिक संघ संस्थाको सहयोग बाट आश्रम चलिरहेको बताए । उनले हाल आश्रममा ३८ जना  आश्रित रहेको बताउँदै उनले २१ जना पुरुष र १७ जना महिला रहेको जानकारी दिए । 

    a3515902-b952-4c65-b5c7-d234d0c550a8.jpg

    कार्यक्रममा काउन्सिलर प्रविना खनाल , क्यानडा संयोजक प्रशान्त न्यौपाने,  अप्रेसन हेड सबिता सापकोटा, काउन्सिलर रञ्जन पराजुली, काउन्सीलर बाबुराम पराजुली, राना ट्राभलका सञ्चालक जीवन राना लगायतले बोलेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij