२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्रतिष्ठानबाट बितेको ३ महिनामा १ सय ७३ जनाले निशुल्क उपचार पाए

प्रतिष्ठानबाट बितेको ३ महिनामा १ सय ७३ जनाले निशुल्क उपचार पाए

प्रतिष्ठानबाट बितेको ३ महिनामा १ सय ७३ जनाले निशुल्क उपचार पाए

प्रतिष्ठानबाट बितेको ३ महिनामा १ सय ७३ जनाले निशुल्क उपचार पाए

प्रतिष्ठानबाट बितेको ३ महिनामा १ सय ७३ जनाले  निशुल्क उपचार पाए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लक्षित बर्ग अन्तर्गत चालु आर्थिक बर्षको बितेको ३ महिनामा १ सय बढि बिरामीले निशुल्क उपचार सेवा प्राप्त गरेका छन । प्रतिष्ठानका कम्युटर असिस्टेण्ट दिपक केसिले गएको साउनदेखि असोज मसान्तसम्ममा १ सय ७३ जनाले लक्षीत बर्ग अन्तर्गत उपचार सेवा निशुल्क पाएको जानकारी दिए ।

    प्रतिष्ठानको कार्यालयमा आयोजित त्रैमासिक समिक्षा कार्यक्रममा बोल्दै केसिले बिपन्न तथा गरिब बिरामी १ सय २६ जनाले, असहाय तथा अशक्त बिरामी ६ जनाले, अपाङ्गता भएका १० जनाले, स्वयमसेबिका २ जना र थुनुवा २९ जनाले ४ लाख ७१ हजार ७३ रुपैया बराबरको उपचार सेवा निशुल्क पाएको बताए ।

    उनका अनुसार बिरामीले औषधि, अप्रेसन, रोगको डाइग्नोसिस गर्नेक्रममा इन्भेस्टिगेसनमा, अक्सिजनमा, बेड चार्ज र रगत जाचमा निशुल्क सेवा प्राप्त गरेका छन ।

    त्यस्तै प्रतिष्ठानबाट बितेको ३ महिनामा २ सय २९ जना जेष्ठ नागरिकले २ लाख ७८ हजार ७० रुपैयाँ बराबरको औषधि, अप्रेसन र रोगको इन्भेष्टिगेसनमा निशुल्क उपचार सेवा प्राप्त गरेका छन । यसैगरेर गएको ३ महिनामा २ सय ५५ जना सिकल्सेल बिरामिले ४ लाख ९७ हजार ८ सय ६३ रुपैयाँ बराबरको  निशुल्क उपचार पाएका छन ।

    अस्पतालका निमित्त निर्देशक डा. जनार्दन पन्थीले वास्तविक गरिब तथा बिपन्न बिरामी पहिचान गरेर उपचार सेवा सामाजिक सेवा इकाईबाट निशुल्क दिनुपर्ने बताए ।

    उनले साच्चिकै गरिब परिवारका ब्यक्तिले पैसा नभएनि अस्पतालमा उपचार पाउने बताए । सो अवसरमा बोल्दै निमित्त उपकुलपति प्राडा. दिनेश लम्सालले बास्तबिक गरिबको पहिचान हुनुपर्ने भन्दै गरिबका नाममा पैसा तिर्न सक्ने ब्यक्तिले लक्षित बर्गबाट उपचार पाउन नहुने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij