२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कुटपिटबाट एकजनाको मृत्यु, तीन पक्राउ

कुटपिटबाट एकजनाको मृत्यु, तीन पक्राउ

कुटपिटबाट एकजनाको मृत्यु, तीन पक्राउ

कुटपिटबाट एकजनाको मृत्यु, तीन पक्राउ

कुटपिटबाट एकजनाको मृत्यु, तीन पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • बुटवल ।रुपन्देहीमा कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । कुटपिटबाट मायादेवी गाउँपालिका–७, बैरीहवाका ३५ वर्षीय राजु सहानीको मृत्यु भएको हो ।

    उक्त आरोपमा सोही ठाउँका २९ वर्षीय राजकुमार कुर्मी, २२ वर्षीय सुरज कहार र ५२ वर्षीय बहराई कहारलाई गएको शुक्रबार राति पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    पुरानो रिसइबीका कारण उनीहरूले कुटपिट गरेका खुलेको छ । कुटपिटबाट सहानी गम्भीर घाइते भएका थिए । भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कुटपिटमा संलग्न सोही ठाउँका २१ वर्षीय अजय सहानी फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij