२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार विदेशी पर्यटक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा कात्तिक महिनामा ३३ हजार ३१० विदेशी पर्यटक भित्रिएका छन् । 

    जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार ६७८ र अन्य मुलुकका २१ हजार ६३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार गत साउनयता ८३ हजार ३१ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । 

    गत वर्ष सोही अवधिमा ६७ हजार ४४२ पर्यटकले ‘एक्याप’को भ्रमण गरेका थिए । गत आवमा दुई लाख २२ हजार १८० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा चालु आवमा दुई लाख ५० हजारभन्दा बढी पर्यटक भित्रने अपेक्षा एक्यापको छ । गत असोजयता पर्यटकको आवागमन बढेको उनको भनाइ छ । 

    हाल मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिएको छ । दोस्रो मुख्य पर्यटकीययाम सुरु हुँदासम्ममा यो वर्षको पर्यटक आवागमन उल्लेख्य मात्रमा बढ्ने अनुमान गरिएको आयोजना प्रमुख कडरियाले बताए । रासस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij