२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं । सरकारले राष्ट्रिय सम्मानका साथ प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट उनको निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ ।

    यस्तै, देशका सबै सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।ढुंगानाको निधनमा सरकारका तर्फबाट गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरिएको उनले जानकारी दिए ।

    काठमाडौंको पशुपति आर्यघाटमा आजै ढुंगानाको अन्त्येष्टि गरिनेछ । अन्त्येष्टिअघि ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका निम्ति ज्ञानेश्वरस्थित सानोगौचरणमा राखिनेछ ।

    ८३ वर्षको उमेरमा उपचारका क्रममा आइतबार (हिजो) दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij