२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रदेशकै पहिलो कन्या गुरुकूल बनाउन तिलोत्तमामा महायज्ञ जारी

प्रदेशकै पहिलो कन्या गुरुकूल बनाउन तिलोत्तमामा महायज्ञ जारी

मंसिर ६ गतेसम्म सञ्चालन हुने महायज्ञमा दान दाताहरुले स्वेच्छाले दान गरेका र जग्गा दान समेत गरिरहेका बताउंदै अध्यक्ष क्षेत्रीले पवित्र उद्देश्यले सामाजिक कामका लागि गरिएको कार्यक्रममा उपस्थित भएर सहयोग गर्न सबैसंग अनुरोध गरिन् ।

प्रदेशकै पहिलो कन्या गुरुकूल बनाउन तिलोत्तमामा महायज्ञ जारी

प्रदेशकै पहिलो कन्या गुरुकूल बनाउन तिलोत्तमामा महायज्ञ जारी

मंसिर ६ गतेसम्म सञ्चालन हुने महायज्ञमा दान दाताहरुले स्वेच्छाले दान गरेका र जग्गा दान समेत गरिरहेका बताउंदै अध्यक्ष क्षेत्रीले पवित्र उद्देश्यले सामाजिक कामका लागि गरिएको कार्यक्रममा उपस्थित भएर सहयोग गर्न सबैसंग अनुरोध गरिन् ।

प्रदेशकै पहिलो कन्या गुरुकूल बनाउन तिलोत्तमामा महायज्ञ जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • तिलोत्तमा  । लुम्बिनी प्रदेशमै पहिलो कन्या गुरुकूल स्थापना र सञ्चालनका लागि तिलोत्तमा नगरपालिका वडा नं १२ मोहनाजोत टोलमा श्रीमद्भागवत कथा एवं श्रृृंगारिक महाआरती सञ्चालन भएको छ । स्थानीय राधाकृष्ण आमा समूहको आयोजना र नेपाल सांस्कृतिक महासंघ तिलोत्तमा नगर समितिको सहआयोजनामा श्रीमद्भागवत कथा महापुराण र श्रृंगारिक महाआरती सञ्चालन भएको हो ।

    महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्त महन्तको कथा वाचन तथा कलाकारहरुको सत्संग भजन एवं नाचगान र झांकीको प्रस्तुति हरेक दिन भइरहेको छ । उक्त धार्मिक अनुष्ठानमा अन्तराष्ट्रिय कथा वाचक विष्णुप्रसाद ज्ञवाली प्रमुख कथा वाचक रहेका छन् भने १००८ स्वामी विवेकानन्द महाराज,स्वामी लोकानन्द,इश्वरकृष्ण महाराज,आचार्य हरिप्रसाद, नारायण दास नागबाबा,पण्डित नेत्रप्रसाद पराजुली,किशोर शरण महराज,योगी सोमराज,श्रीधर आचार्य,चन्द्रकान्त काफ्ले,ओमप्रकाश सुवेदी,शुकदेव अधिकारी लगायतले प्रवचन दिने कार्यक्रम रहेको छ ।

    मंसिर ६ गतेसम्म सञ्चालन हुने कार्यक्रममा  कलाकारहरु सरोज ढकाल,भजन गायक कृष्ण सुवेदी,अमृत राना,युवराज खराल,कृष्ण थापा,अर्जुन पौडेल,मिलन सापकोटा लगायतले भजनकिर्तन, झांकी,नृत्य प्रस्तुत गरेर भक्तजनलाई भरपूर मनोरन्जन दिलाउंदै नचाएका छन् । 
    राधाकृष्ण आमा समूहकी अध्यक्ष यशोदा क्षेत्रीले अभिभाकविहीन बालिकाहरुका लागि लुम्बिनी प्रदेशमै पहिलो कन्या गुरुकूल स्थापनाका लागि श्रीमद्भागवत कथा एवं श्रृृंगारिक महाआरती सञ्चालन गरिएको बताइन् । महायज्ञमा दान दाताहरुले स्वेच्छाले दान गरेका र सोमबारसम्म करिब २० लाख रुपैयां संकलन भएको अध्यक्ष क्षेत्रीले बताइन् । महायज्ञमा दानवीरहरुले जग्गा दान समेत गरिरहेका बताउंदै क्षेत्रीले पवित्र उद्देश्यले सामाजिक कामका लागि गरिएको कार्यक्रममा उपस्थित भएर सहयोग गर्न सबैसंग अनुरोध गरिन् ।  


    कार्यक्रममा दिउसो कथावाचन संगै हरेक सांझ हुने श्रृंगारिक महाआरतीमा ठूलो संख्यामा भक्तजनहरुको उत्साहजनक उपस्थिति हुने गरेको सहआयोजक संस्था नेपाल सांस्कृतिक महासंघ तिलोत्तमा नगर समिति अध्यक्ष संगिता घिमिरेले बताइन् ।  कन्या गुरुकुल स्थापनाका लागि वडा, नगरपालिका र प्रदेश सरकारले पनि वजेट दिनुपर्ने उनले माग गरिन् । 
    दानवीरहरुलाई बाजागाजाका साथ नगर परिक्रमा गराइने,शिलालेखमा नाम लेखिने,शालिक बनाएर राख्ने सम्मका सम्मानका कार्यक्रमहरु रहेका कार्यक्रमका उद्घोषक खेमराज रेग्मीले जानकारी दिए ।

    1e7433e5-71e6-40b0-9a60-a9492148adfe.jpg

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij