बुटवल । ग्रेस इन्टरनेशनल बुटवलमा ‘एडुभर्स २०२४’ शैक्षिक मेलामा करिब १३ सय जना सहभागी भएका छन् ।
मङ्सिर २ गते बुटवलमा भएको मेलामा उत्साहजनक सहभागिता भएको ग्रेस इन्टरनेशनल बुटवलका निर्देशक ईश्वर भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार मेलामा आएका विद्यार्थीलाई आइएलटिएस र पिटीईका कक्षामा विशेष छुटको व्यवस्था गरिएको थियाे ।
साथै भिसा प्रासेसिङ सुरु गर्ने विद्यार्थीका लागि पनि आकर्षक उपहारहरू लक्की ड्रमार्फत प्रदान गरिने उनले जानकारी दिए । नेपाली विद्यार्थीहरूलाई लक्षित गरी ग्रेस इन्टरनेशनल ग्रुप ‘एडुभर्स २०२४’ शैक्षिक मेलाको आयोजना देशका विभिन्न सहरमा गरिरहेकाे छ ।
विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि नोभेम्बर ११ देखि २१ सम्म देशभरका ९ प्रमुख सहरहरूमा ग्रेस ग्रुपले मेला सञ्चालन गर्न लागेको हो ।मेलामा अस्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र परामर्श दिइएको भट्टराईले जानकारी दिए ।
मेलामा विद्यार्थीहरूले २५ भन्दा बढी विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्न र विदेश अध्ययनसम्बन्धी विस्तृत जानकारी लिएको उनले जानकारी गराए । उनका अनुसार मेलामा विद्यार्थीहरूले स्पट एडमिसन, अधिकतम छात्रवृत्ति र अन्य विशेष अवसरहरू प्राप्त गर्न सक्ने उनको भनाइ छ । जसले गर्दा उनीहरूको विदेश अध्ययन प्रक्रियालाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने भट्टराइले बताए ।
ग्रेस बुटवलका निर्देशक भट्टराईका अनुसार विद्यार्थीहरुले मेलामा सहभागी भएर आफ्ना चासोका देशका प्रतिष्ठित विश्वविद्यालयहरू सँग प्रत्यक्ष रूपमा जोडिन पाउनेछन् ।
साथै, परामर्शदाता र विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरी अध्ययन गन्तव्य छान्न, आवेदन प्रक्रियाबारे बुझ्न र छात्रवृत्ति लाभ लिन सक्नेछन् । भट्टराईले विदेश अध्ययनमा रुचि राख्ने सम्पूर्ण विद्यार्थीहरूलाई यो अवसरको सदुपयोग गर्न आह्वान गरेका छन् ।




