२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मंसिर ६ गते कपिलवस्तुको शिवगढीमा निःशुल्क स्वास्थ्य शिविर

मंसिर ६ गते कपिलवस्तुको शिवगढीमा निःशुल्क स्वास्थ्य शिविर

ग्रामीण क्षेत्रका गरीब तथा विपन्न सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको शिविरमा आएर स्वास्थ्य चेकजांच गरी लाभ लिन आयोजक संस्थाले अनुरोध गरेको छ ।

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१

  • बुटवल । कपिलवस्तुको शिवगढीमा जनस्वास्थ्य सेवा केन्द्रले मंसिर ६ गते बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

    केन्द्रका अध्यक्ष विनोद लुइटेल पावेलका अनुसार  शिविरमा शिविरमा विभिन्न प्रकारका रोगहरूको चेकजांच, उपचार, परामर्श, औषधि वितरण निःशुल्क रूपमा उपलब्ध गराइने छ ।

    शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका महिला तथा बालबालिका, जनरल फिजिसियन, हाडजोर्नी र रेडियोलोजीका विशेषज्ञ डाक्टर सहित १० जना मेडिकल अफिसरले विरामीको चेकजांच गर्ने छन् ।

    शिविरमा करिब तीन सय जनाको चेकजांच गरी ल्याब परीक्षण र औषधि पनि निशुल्क वितरण गरिने अध्यक्ष लुइटेलले बताए । 

     ग्रामीण क्षेत्रका गरीब तथा विपन्न सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको शिविरमा आएर स्वास्थ्य चेकजांच गरी लाभ लिन आयोजक संस्थाले अनुरोध गरेको छ ।

    कार्यक्रम सम्पन्न करिब तीन लाख रुपैयां खर्च हुने अनुमान गरिएको छ ।

    शिविर बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जनस्वास्थ्य सेवा केन्द्रका सल्लाहकारहरु हरि श्रेष्ठ, विक्रम केसी,संविधानसभा सदस्य संघप्रसाद चौधरी सुनिल,केन्द्रका सचिव ईश्वर गिरी लगायतले  ग्रामीण क्षेत्रका नागरिक अझै पनि स्वास्थ्य सेवाको सहज पहुंचमा नभएका र आर्थिक अवस्था कमजोर हुंदा चेकजांच र उपचारबाट बन्चित हुनुपरेको अवस्था रहेकाले यस्ता निशुल्क स्वास्थ्य शिविर नियमितरुपमा सञ्चालन हुनुपर्ने धारणा राखेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij