२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

'तारक मेहता का उल्टा चश्मा' का जेठालाल र निर्माता मोदीबीच झगडा !

'तारक मेहता का उल्टा चश्मा' का जेठालाल र निर्माता मोदीबीच झगडा !

'तारक मेहता का उल्टा चश्मा' का जेठालाल र निर्माता मोदीबीच झगडा !

'तारक मेहता का उल्टा चश्मा' का जेठालाल र निर्माता मोदीबीच झगडा !

'तारक मेहता का उल्टा चश्मा' का जेठालाल र निर्माता मोदीबीच झगडा !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौँ । भारतीय चर्चित टिभी शो 'तारक मेहता का उल्टा चश्मा'  फेरी नयाँ विवादमा परेको छ । पछिल्लो समय धेरै कलाकारले शो छोडेका छन् भने शो का निर्माता आसित मोदीसँग धेरै कलाकारको विवाद समेत भएको छ ।

    यसैबीच निर्माता मोदीसँग शो का प्रमुख कलाकार दिलिप जोशी उर्फ जेठालालबीच झगडा भएको भारतीय मिडियाहरुले चर्चा गरेका छन् ।


     अभिनेता दिलीप जोशी र निर्माता असित मोदीबीच शो को सेटमै केहि समय अघि चर्को विवाद भएको बताइएको छ । रिपोर्टका अनुसार, जोशीले आफ्नो छुट्टीको बारेमा कुरा गर्न खोजिरहेका बेला मोदीले बेवास्ता गरेपछि विवाद बढेको थियो ।


    जोशीले असितसँग कुरा गर्न खोजेको बेला उनी अभिनेता कुश शाहलाई भेट्न गएपछि जोशीले आफ्नो अपमान भएको महसुस गरेपछि विवाद बढेको बताइएको छ ।


    जोशीले मोदीको कलर समातेर शो छोड्ने धम्की दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । तर मोदीले जोशीलाई शान्त गराएको बताइएपनि विवाद कसरी मिल्यो भन्ने स्पष्ट जानकारी प्राप्त भएको छैन । जोशीको यस अघि पनि असित मोदीसँग पटक पटक झगडा गरिसकेका छन् ।


    यसैबीच शो छाडेका धेरै कलाकारले मोदीको व्यवहारको गुनासो गरेका छन् । कतिपयले उनीविरुद्ध उत्पीडन र तलब रोक्का गरेको भन्दै कानुनी मुद्दासमेत दायर गरेका छन् ।

    शोमा जेठालाल गड्डाको भूमिका निभाएका दिलीप जोशी सो शोसँग आवद्ध भएको १६ वर्ष भइसक्यो । उनको चरित्रमा उनको अभिनयको लागि उच्च सम्मान गरिएको छ, जुन अहिले लोकप्रिय संस्कृतिको एक हिस्सा बनेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij