परासी । पश्चिम नवलपरासीमा ट्रककाे ठक्करबाट एक साईकलयात्रु मृत्यु भएकाे छ ।नवलपरासीको सुस्ता गा.पा. १ बरुवा चोकमा स्थित भित्री सडक खण्डमा ट्रक ठक्कर दिदाँ गएराति साईकल यात्रु मृत्यु भएकाे हाे
।नवलपरासी सुस्ता गा.पा. १ बरुवा बस्ने बर्ष ६५ को रामजि नेपालीकाे मृत्युु भएकाे प्रहरीले जनाएकाे छ ।
सुस्ता गा.पा. १ बरुवा चोक स्थित भित्री सडक खण्डमा बर्दघाटबाट त्रिबेणी तर्फ जादै गरेको लु २ ख ८९३ नं. को ट्रकले सोही दिशा तर्फबाट जादै गरेको साईकल यात्री रामजि नेपालीलाई ठक्कर दिदा सख्त घाईते भई उपचारको सामुदायिक अस्पताल चौपत्ता पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको थियाे ।उनकाे शव पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी राखिएको छ ।
ट्रक र ट्रक चालक नियन्त्रण प्रहरीकाे नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।




