२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

उखुको न्यूनमत समर्थन मूल्य तोक्न माग

उखुको न्यूनमत समर्थन मूल्य तोक्न माग

उखुको न्यूनमत समर्थन मूल्य तोक्न माग

उखुको न्यूनमत समर्थन मूल्य तोक्न माग

उखुको न्यूनमत समर्थन मूल्य तोक्न माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • केशव पराजुली 
    नवलपरासी 
    पश्चिम नवलपरासीका उखु किसानले उखुको न्यूनतम समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् ।  नगदे बालीको रुपमा रहेको उखु क्रसिङ्गको सिजन सुरु भइसक्दा समेत उखुको समर्थन मूल्य निर्धारण गर्न सरकारले ढिलाइ गरेको प्रति किसानहरूले असन्तुष्टि व्यक्त गरेका छन् । 


    समयमै उखुको समर्थन मूल्य तोके किसानहरूले उद्योगलाई उखु बिक्री गर्न  सहज हुने  किसानहरूको भनाइ रहेको छ । नगदे बालीको रूपमा रहेको उखुको उत्पादन लागत र चिनीको वर्तमान बजार मागको आधारमा सर्मथन मूल्य तोक्न उखु उत्पादक कृषक समितिले माग गरेको छ । किसानहरूले उखु काट्न सुरु गरिसकेकाले सरकारले तत्काल मूल्य निर्धारण गर्नुपर्नेमा उखु उत्पादक कृषक समिति नवलपरासीले जोड दिएको छ ।  


    जिल्लामा रहेका चिनी उद्योगहरूले मिल सञ्चालन गर्न सुरु गरेकाले तत्काल उखुको मूल्य तोक्नु आवश्यक रहेको समितिको भनाइ छ । सरकारले उखुको न्यूनतम सर्मथन मूल्य तोक्न सधैँ आलटाल र ढिलाइ गरेको छ ।  नवलपरासीमा यस वर्ष २० देखि २५ लाख क्वीन्टल उखु उत्पादन भएको अनुमान छ । बिगतका वर्षहरूमा जिल्लाका चिनी मिलहरुले उखु बिक्रीबापतको भुक्तानी समयमा नगरेका कारण किसानहरूले उखुको विकल्पमा केरा, कदाम  बेसारलगायतका अन्य  बाली लगाउन थालेपछि उखुको उत्पादन घटेको हो । 


    गत वर्षको तुलनामा यस वर्ष उत्पादन वृद्धि भएको अनुमान छ । जिल्लामा चार वटा चिनी उद्योगले किसानको उखु खरिद गर्ने गरेका छन् ।  सरकारले समयमै न्यूनतम समर्थन मूल्य नतोक्दा उद्योगहरूले पुरानै वर्षको मूल्यको आधारमा उखु खरिद गर्ने र धेरैले भेली बनाउने उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य हुँदा किसानलाई घाटा हुने गरेको छ । 
    अहिले जिल्लामा भेली उद्योग सञ्चालनमा आएका छन् । भेली उद्योग सिजनअनुसार सञ्चालनमा आउँछन्, भेली उद्योगको एकिन विवरण समेत छैन । बिना दर्ता समेत सञ्चालनमा ल्याउने भएकाले अहिले किसानले कति उखु भेली उद्योगलाई दिए भन्नेबारे  एकिन गर्न कठिन छ । 


    नवलपरासी उखुका लागि उर्वर क्षेत्र भए पनि उद्योगहरुले समयमा भुक्तानी नगर्दा किसान अन्य वालितर्फ उन्मुख भएपछि उत्पादन घटेको  हो । अहिले फेरि विस्तारै उत्पादन वृद्धि हुन थालेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताए  । 
    पश्चिम नवलपरासीको सुस्ता प्रतापपुर गाउँपालिकाका अधिकांश किसानहरु उखुमा आत्मनिर्भर रहेका छन् ।  जिल्लामा सञ्चालित बाग्मती, इन्दिरा, चिनी मिल सुस्ता मोहिनी चिनी मिल सरावल र  लुम्बिनी चिनी मिल सुनवलमा सञ्चालित रहेका छन् । सञ्चालित केही चिनी उद्योग सञ्चालनमा आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij