२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता

पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता

पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता

पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता

पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले बुटवलमा रहेका लुम्बिनी केवल कार लिमिटेड र आधुनिक समाज डेण्टल केयर प्रा.लि. संग टिकट तथा उपचार सेवामा छुट सुविधा सम्वन्धि सम्झौता गरेको छ ।


    लुम्बिनी केवल कार र एशोसिएसन विच एशोसिएसनका पदाधिकारी, कार्यसमिति सदस्य र कर्मचारीहरुलाई संस्थाको परिचय पत्रका आधारमा साधारण टिकटमा केवल कारले २० प्रतिसत छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । यस्तै दुबै संस्थाले होर्डिङ्ग बोर्ड तथा विज्ञापन मार्फत एक अर्काको ब्यवसायिक प्रवद्र्धन गर्ने सम्झौतामा उल्लेख छ ।


    २०८१ साल मंसिर ५ गते देखि २ बर्षका लागि गरिएको सम्झौता पत्रमा एशोसिएसनका तर्फबाट अध्यक्ष हिमाल गैरे र लुम्बिनी केवल कारको तर्फबाट अपरेशन म्यानेजर डिल्लीनारायण कायस्थले हस्ताक्षर गरेका छन् ।

    यस्तै एशोसिएसन र बुटवल ६ मा रहेको आधुनिक समाज डेण्टल केयर प्रा.लि. विच मुख स्वास्थ्य अन्तर्गत दाँत, मुख र गिजा सम्वन्धि उपचारका लागि समाज डेण्टलले पेट्रोल तथा डिलर संस्थाका पदाधिकारी, सदस्य ब्यवसायी, कर्मचारी तथा ब्यवसायीका एकाघरका परिवारका सदस्यको आधारभूत उपचारमा ३० प्रतिसत छुट उपलब्ध गराउने सम्झौता गरिएको छ ।

    यसका लागि उपचार गराउने ब्यक्ति संग संस्थामा रहेको परिचय खुल्ने कुनै पनि प्रमाण–पत्र वा परिचय पत्रलाई अनिवार्य गरिएको छ ।

    यसैगरी दन्त उपचार अन्तर्गत कस्मेटिक उपचार गर्नुपरेमा समाज डेण्टलले १० प्रतिसत छुट सेवा उपलब्ध गराउने छ । एशोसिएसनले कुनै पनि कार्यक्रम आयोजना गर्दा दन्त परीक्षण गर्ने उद्देश्य राखेमा समाज डेण्टलले बर्षमा २ वटा कार्यक्रममा निशुल्क दन्त परीक्षण गर्ने सहमति भएको छ ।

    हाल मुख क्यान्सर बढ्दै गएको अवस्थामा नागरिकहरुलाई सन्देश प्रवाहित गर्नुपर्ने दुबै संस्थाको सामाजिक उत्तरदायित्व रहेकाले ‘क्यान्सरबाट बचौं र बचाऔं’ भन्ने सन्देश सहितको स्टीकर समाज डेण्टलले निर्माण गरी हरेक पेट्रोल पम्पको उपयुक्त स्थानमा टांस्ने गरी भएको सम्झौता पत्रमा एशोसिएसनको तर्फबाट अध्यक्ष हिमाल गैरे र समाज डेण्टलका योजना प्रमुख माधव सापकोटाले हस्ताक्षर गरेका छन् ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij