२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

एभरेष्टमा साँस्कृतिक महोत्सव सम्पन्न

एभरेष्टमा साँस्कृतिक महोत्सव सम्पन्न

एभरेष्टमा साँस्कृतिक महोत्सव सम्पन्न

एभरेष्टमा साँस्कृतिक महोत्सव सम्पन्न

एभरेष्टमा साँस्कृतिक महोत्सव सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, मंसिर ८ २०८१
शनिवार, मंसिर ८ २०८१
  • बुटवल । बुटवलको सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस माध्यमिक विद्यालयमा एभरेष्ट साँस्कृतिक महोत्सव भएको छ ।

    प्रारम्भिक तहदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुमा धर्म, संस्कृति, रिती रिवाज, परम्परा र इतिहासका बारेमा जानकारि गराउने उद्देश्यले विद्यालयमा शुक्रबार साँस्कृतिक महोत्सव गरिएको हो ।

    साँस्कृतिक महोत्सवमा कक्षा तीनदेखि १२ कक्षासम्मका तहगत रुपमा बनेका दुई दर्जनबढी समुहहरुले सहभागिता जनाएका थिए । समुहगत रुपमा भएको साँस्कृतिक महोत्सवमा उत्कृष्ट जातिय, धार्मिक तथा परम्परागत भेषभुषा र संस्कृति प्रंस्तुत गर्ने समुहलाई पुरस्कृत समेत गरिएको विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिए ।

    विद्यालयमा पठनपाठनसँगै संस्कृति र संस्कार सहितको शिक्षालाई पनि जोड दिदै आएकाले साँस्कृतिक महोत्सव लगायतका कार्यक्रमहरु विद्यालयमा आयोजना गर्दै आएको प्राचार्य कृष्ण न्यौपानेले बताए । विद्यार्थीको चौतर्फि विकासकालागि सबै प्रकृतिका कार्यक्रमहरु विद्यालयमा आयोजना गरिदै आएको उल्लेख गर्दै प्राचार्य न्यौपानेले विद्यार्थीको सृजनशिलता र नयाँ खोजलाई विद्यालयले प्रोत्साहन दिदै आएको बताए ।

    विद्यालय संचालक समिति अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, विद्यालय संचालक समिति सदस्य बलबहादुर थापा, ठाकुरप्रसाद ज्ञवाली, उपप्रचार्यद्वय उमेश रेग्मी र माला पाण्डे, प्राध्यापक डा. शालिकराम भण्डारी, कार्यक्रम संयोजक सरस्वती पाण्डेलगायतले विद्यार्थीलाई सबैखाले धर्म संस्कृती र परिभेषका बारेमा समयसमयमा जानकारी गराउन आवश्यक रहेको बताएका थिए ।

    विद्यालयका शिक्षक ज्ञानधरा पन्तको संचालनमा भएको कार्यक्रममा मदन नेपाली, मिना बुढाथोकी, बालकृष्ण पाण्डे र विशाल थापाले निणर्ायकको भुमिका निभाएका थिए ।

    कार्यक्रममा कक्षा ४ र ५, कक्षा ६,७ र ८, कक्षा ११ र १२ का विभिन्न संकायका विद्यार्थीहरुले समुहगत रुपमा सहभागिता जनाएका थिए । उनीहरुले हिन्दु, मुस्लिम, क्रिश्चियन समुदायलाई प्रतिनिधित्व गर्ने विभिन्न रितिरिवाज र धर्म संस्कृतिका बारेमा आआफ्ना प्रस्तुती देखिएका थिए भने ब्राम्हण, क्षेत्री, गुरुङ, मगर, नेवार, राई लगायतले मान्ने पर्व, धर्म, संस्कृती र चालचलनहरुलाई उनीहरुकै भेषभुषा, रितिरिवाजकै आधारमा अभिनयका माध्यमले दुरुस्त प्रस्तुत गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij