२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नर्मदेश्वर महादेव मन्दिरमा मंसिर १५ गतेदेखि २१ गतेसम्म महायज्ञ सञ्चालन हुने

नर्मदेश्वर महादेव मन्दिरमा मंसिर १५ गतेदेखि २१ गतेसम्म महायज्ञ सञ्चालन हुने

नर्मदेश्वर महादेव मन्दिरमा मंसिर १५ गतेदेखि २१ गतेसम्म महायज्ञ सञ्चालन हुने

नर्मदेश्वर महादेव मन्दिरमा मंसिर १५ गतेदेखि २१ गतेसम्म महायज्ञ सञ्चालन हुने

नर्मदेश्वर महादेव मन्दिरमा मंसिर १५ गतेदेखि २१ गतेसम्म महायज्ञ सञ्चालन हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • परासी  । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित रामग्राम–३ घोडपालीमा अवस्थित लक्ष्मीनारायण एवं नर्मदेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । सनातन धर्म संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यही मंसिर १५ गतेदेखि २१ गतेसम्म महायज्ञ सञ्चालन हुन लागेको हो ।

    लक्ष्मीनारायण एवं नर्मदेश्वर महादेव मन्दिर, यज्ञ सम्पादन मूल समारोह समिति घोडपालीको आयोजना तथा बैदिक धर्म परिषद् नेपाल नवलपरासीको सहआयोजनामा हुने उक्त सप्ताहव्यापी महायज्ञमा आमा आश्रम नेपालका संरक्षक एवं प्रसिद्ध कथा बाचक नारायण न्यौपानेको मुखारविन्दबाट संगीतमय कथा वाचन हुने यज्ञ सम्पादन मूल समितिका संयोजक शम्भु अग्रवालले जानकारी दिए ।

    महायज्ञबाट हुने आम्दानीबाट लक्ष्मीनारायण एवं नर्मदेश्वर महादेव मन्दिरको अक्षयकोष निर्माण एवं मन्दिरको सर्वाङ्गिण विकासको लक्ष्य राखिएको मन्दिरका व्यवस्थापक गिरीराज पाण्डेयले बताए  ।१५ गते विहान १० बजे कलशयात्रासहित दिउँसो २ बजे महायज्ञको समुद्घाटन हुनेछ । महायज्ञमा दैनिक भागवत पाठ, हवन, अभिषेक, बेद पाठ, चण्डी पाठ, रुद्रीहोम, गिता पाठ हुने पाण्डेयले बताए  । साथै ब्रतबन्ध, तुलादान, चौराशी पूजा, लाखबत्ती लगायतका कार्यहरु पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।

    सप्ताहव्यापी ज्ञान महायज्ञमा प्रत्येक दिन विहान साढे सात देखि साढे ८ बजेसम्म नित्य पूजापाठ,विहान साढे ८ देखि साढे ११ बजेसम्म भागवन कथा पारायण, दिउँसो १२ बजेदेखि साढे ४ बजेसम्म संगीतमय कथा प्रवचन,साँझ साढे ४ बजेदेखि ५ बजेसम्म टीका,प्रसाद, पञ्चामृत वितरण,साँझमा पशुपतिको जस्तै श्रृंगारिक महाआरती, साँझ ६ बजेदेखि ७ बजेसम्म सन्ध्याकालीन आरती र महात्म्य पाठ,साँझ ७ बजेदेखि राति ९ बजेसम्म राष्ट्रिय कलाकारबाट भजनकीर्तन हुने महायज्ञका प्रचारप्रसार संयोजक नारायण पाण्डेयले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij