२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कति लाग्छ शुल्क ?

आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कति लाग्छ शुल्क ?

आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कति लाग्छ शुल्क ?

आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कति लाग्छ शुल्क ?

आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कति लाग्छ शुल्क ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • बुटवल । आजदेखि धरहरा व्यावसायिक रूपमा खुला भएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब शुल्क तिर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

    सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेशबमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।

    धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।

    विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति  पाँच सय रुपैयाँ र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्ताव स्वीकृत भएसँगै धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ ।

    यस्तै, धरहरामा पार्किङ गर्दा चार पांग्रेलाई प्रतिघण्टा २० र दुई पांग्रेलाई १० रुपैयाँ तोकिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij