२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी

प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • बुटवल । लुम्बिनी प्रदेशमै आयुर्वेदिक औषधी प्रशोधन तथा उत्पादनको गरिने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा औषधी प्रशोधन तथा उत्पादनका लागि भवन निर्माण गरिएको छ । 

    लुम्बिनी प्रदेश सरकारले बिजौरीमा औषधी उत्पादन, प्रशोधनका लागि भवन निर्माण सम्पन्न गरेको छ । करिब ५ करोडका लागतमा भवन निर्माण गरिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुमगरले प्रदेशभित्र रहेको आयुर्वेद अस्पतालका लागि आवश्यक पर्ने औषधी उत्पादन,प्रशोधन केन्द्रका लागि आवश्यक भौतिक सामग्रीका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताए । 

    बिहीबार अस्पताल निरीक्षणका क्रममा पुगे मन्त्री सारुमगरले लुम्बिनी प्रदेशभित्रै जडीबुटी पर्याप्त रहेको र ती जडीबुटीबाट प्रदेशभित्रै प्रशोधन,उत्पादन गर्दा यस क्षेत्रको स्वास्थ्य क्षेत्रका साथै आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने बताए । 

    फरक प्रसङ्गमा मन्त्री मगरले प्रदेश निर्देशनालयबाट हुँदै आएको मिर्गौला, मुटुरोग उपचारको सिफारिस प्रदेशका सम्बन्धित स्वास्थ्य कार्यालयबाटै हुने व्यवस्था गरिएको बताए । मन्त्री मगरले सरकारी अस्पतालमा कार्यरत डाक्टर,कर्मचारीहरू निजी क्लिनिकमा नाम राखी प्रचार प्रसार गर्दै आएकोमा त्यसलाई हटाइएको बताए । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव वासुदेव उपाध्यायले प्रदेशभित्र रहेको आयुर्वेद अस्पतालको जनशक्ति,भौतिक सामग्री,उपकरणको व्यवस्थापन गरिने बताए ।  

    अस्पतालका निमित्त निर्देशक डाक्टर सन्तोष ठाकुरले प्रशोधन केन्द्र सञ्चालनका लागि करिब सात करोड आवश्यक रहेको बताए । उनले पछिल्लो समयमा आयुर्वेदप्रति सेवाग्राहीको आकर्षण बढ्दो क्रममा रहेकाले सरकारले आयुर्वेद,प्राकृतिक चिकित्सा,योगका क्षेत्रमा बजेट वृद्धि गर्दा प्रतिफल निस्कने बताए । डाक्टर ठाकुरले २०४८ सालमा स्थापना भएको अस्पताल ३० शप्यामात्रै भएको र बिरामीको चाप बढेकाले ५० शय्या बनाउन तत्कालै आवश्यक रहेको बताए ।   

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij