२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले होलेरीमा विशेषज्ञ चिकित्सक पठाउने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले होलेरीमा विशेषज्ञ चिकित्सक पठाउने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले होलेरीमा विशेषज्ञ चिकित्सक पठाउने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले होलेरीमा विशेषज्ञ चिकित्सक पठाउने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले होलेरीमा विशेषज्ञ चिकित्सक पठाउने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • बुटवल । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले रोल्पाको रुन्टीगढी गाँउपालिका होलेरीमा सेवा विस्तार गर्ने भएको छ ।प्रतिष्ठानले एमबीबीएसको पढाइ सुरु गर्ने भएपछि रोल्पाको होलेरीमा सेवा विस्तार गर्न लागेको हो ।

    एमबीबीएस पढाइका लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्युनिटी आउट रिच सेन्टरको रूपमा रहने गरी विशेषज्ञ चिकित्सक राखेर बिरामीको जाँच र उपचार सेवा दिने तयारीमा रहेको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक डा. श्याम लम्सालले बताए ।

    गत असारदेखि होलेरी अस्पतालमा एमबीबीएस चिकित्सक नहुँदा बिरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न दाङको घोराही आउनुपर्ने बाध्यता छ ।‘निकट भविष्यमा होलेरीमा नै प्रतिष्ठानबाट डाक्टर पठाएर विशेषज्ञ सेवा सुरु गर्ने तयारी छ,’ लम्सालले भने ।हाल प्रतिष्ठानमा एमडीजीपीमा २ जना चिकित्सकले स्नातकोत्तर पढिरहेका छन् ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टीगढी गाँउपालिकाबीच जनशक्ति व्यवस्थापनबारे सम्झौता भएको छ । सम्झौतामा प्रतिष्ठानका रजिष्ट्रार प्रा. लम्साल र गाउँपालिका अध्यक्ष जनक पुनले हस्ताक्षर गरे । सम्झौता अनुसार १ पुसदेखि होलेरीमा सेवा सुरु गर्ने उल्लेख छ । प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकले जाँच र उपचार गर्ने सम्झौताले होलेरी र आसपासका बासिन्दाले सहज उपचार पाउने गाउँपालिका अध्यक्ष पुनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij