२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नवलपरासी सरावलमा माघ १० गतेदेखि मेला हुने

नवलपरासी सरावलमा माघ १० गतेदेखि मेला हुने

नवलपरासी सरावलमा माघ १० गतेदेखि मेला हुने

नवलपरासी सरावलमा माघ १० गतेदेखि मेला हुने

नवलपरासी सरावलमा माघ १० गतेदेखि मेला हुने
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • परासी ।प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला २०८१ संचालन हुने भएकाे छ ।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे वडा न १ बासा चाेकमा प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला संचालन हुने भएकाे हाे ।

    आज सरावलमा पत्रकार सम्मेलन गरि  उद्योग बाणिज्य संघ सरावल नवलपरासीले कृषि पर्यटन खेलकुद तथा उद्योगकाे पूर्वाधार सरावलकाे दिगो बिकास र अर्थतन्त्रकाे आधार भन्ने नाराकाे साथ प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार संचालन गर्न लागिएको जानकारी दिएकाे छ ।

    उद्योग बाणिज्य संघ सरावल नवलपरासीकाे आयाेजनामा माघ १० गतेदेखि २१ गतेसम्म प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला संचालन गर्न लागिएको संघ अध्यक्ष सुशान्त घिमिरेले जानकारी दिए ।

    उनकाे अनुसार आर्थिक चलामयन बनाउने र सरावल गाउँ पालिका रहेका लघु घरेलु  स्थानिय व्यापार तथा उद्योग व्यापारलाई प्रबर्द्धन गर्ने उदेश्यले प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला  संचालन गर्न लागिएको बताए ।

    मेलामा खेलकुद ,स्थानिय कलाकार, भाेजपुरी ,भारतिय भाेजपुरी कलाकार र विभिन्न जातजाति धर्मकाे झक्री तथा आमासमूहहरूकाे मामी डान्स बेजोड प्रस्तुती रहने अध्यक्ष घिमिरेले बताए ।

    मेला विभिन्न किसिमका एक सय  स्टलमा रहने जसमा स्थानिय घरेलु उत्पादन ,अटाे माेबाईल्स हाेटल रेष्टुरेन्ट कस्मेटिक तयारी पाेशाक बैक बितिय संस्था महिला उद्यमीले उत्पादन गरेकाे हस्तकाल लगायतको रहने संघका सचिव देवराज थारूले जानकारी दिए ।

    मेलामा एक लाख  दर्शकअवलोकन गर्न आउने र अनुमानि६ कराेड कराेबार गर्ने लक्ष्यसाथ अपेक्षा गरिएको संघका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र यादवले जानकारी दिए ।

    उनकाे अनुसार मेलामा  ५० लाख खर्च हुने बताए ।टिकट सर्बधारणालाई ८० रूपैया बिधार्थीलाई टिकटमा ५० प्रतिश छुट र परिचयपत्रकाे आधारमा जेठ नागरिक,निशुल्क प्रबेशकाे व्यवस्था मिलाईएकाे संघले जनाएकाे छ ।

    मेलाकाे मुख्य संरक्षका सरावल गाउँपालिका रहेका सरावल गाउँ पालिका अध्यक्ष सुखाडीप्रसाद चाैधरीले यश मेलाले सरावलकाे पहिचान र चिनारी रूपमा रहेकाे बताए ।उनले मेलाले यहाँका उद्योग व्यावसाय र व्यापार फष्टाउने र उद्योग व्यापार चलामयन हुने अपेक्षा गरिएकाे बताए ।सरावल गाउँ पालिकामा विभिन्न मेला महाेत्सव हुँदै आएकाे जसमा खिचडी,सांस्कृतिक मेला कुस्ती लगायत कार्यक्रम आयाेजना हुँदै आएकाेअध्यक्ष चाैधरीकाे भनाई थियाे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij