२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

तिलोत्तमामा ४३० जनालाई पुनः नापी पश्चात लालपुर्जा बितरण

तिलोत्तमामा ४३० जनालाई पुनः नापी पश्चात लालपुर्जा बितरण

तिलोत्तमामा ४३० जनालाई पुनः नापी पश्चात लालपुर्जा बितरण

तिलोत्तमामा ४३० जनालाई पुनः नापी पश्चात लालपुर्जा बितरण

तिलोत्तमामा ४३० जनालाई पुनः नापी पश्चात लालपुर्जा बितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • तिलोत्तमा । नेपाल सरकारले पुनःनापी गर्ने योजना अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पुननापी गरि लालपुर्जा बितरण गरेको छ ।

    तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा एक कार्यक्रमका बिच नापी कार्यलय रुपन्देहीले ४३० जनालाई लालपुर्जा बितरण गरेको हो ।

    उनीहरुलाई नापी कार्यालय रुपन्देहीका प्रमुख सुग्रीव यादब, तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वरी देबी चौधरी, तिलोत्तमा नगरपालिका वडा नम्बर १३ अध्यक्ष नारायण ढकाल लगायतले लालपुर्जा बितरण गरेका हुन् ।

    पुन नापीको लागि भएको योजना अनुसार वडा नम्बर १३ बाट तिलोत्तमाले शुरु गरेको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले जानकारी दिए । उनले वडाभित्र पुनः नापीको लागि १२ सय बिघा जमिनको लागि १३ सय निवेदन परेको जानकारी दिए । यो अव्यवस्थीत बसोबासीको लागि नभई पहिलेदेखी नै लालपुर्जा भएकालाई पुन नापी गरि बितरण गरिएको जानकारी दिए ।

    उनले भने, ‘नेपाल सरकारले नै पुनः नापी गर्ने निणर्य गरेबमोजिम नै पुनः नापी गरेका हाँै । यो नापी पहिले देखी नै लालपुर्जा भएकाहरुलाई प्रदान गर्नको लागि सहयोग गरेका हौँ । ’

    उनले तिलोत्तमा नगरपालिकाको सम्पूणर् सहयोगमा नागरिकलाई पुनः नापी पछिको लालपुर्जा प्रदान गरिएको बताउँदै अहिले बाँकी रहेकाहरुलाई ४ महिनाभित्र लालपूर्जा बितरण गर्ने जानकारी दिए ।

    बि.सं.२०२७ सालपछिको ५४ वर्षपछिको पुनः नापी गर्ने योजना अनुसार तिलोत्तमा लगायतका क्षेत्रमा पुन नापीको लागि नापजाँच भएपनि तिलोत्तमाले पहिलोपटक लालपूर्जा बितरण गरेको हो ।

    नयाँ नापीमा पहिलेदेखी प्रचलनमा रहेको बिघा लाई हेक्टरमा परिवर्तन गरिएको छ भने पहिलो नापी पश्चात निर्माण भएका बाटो, कुलो,नाला, खोल्साखोल्सी नाप्ने गरिएको नापी कार्यालय रुपन्देहीका प्रमुख सुग्रीव यादबले जानकारी दिए ।

    उनले भने, ‘नेपाल सरकारको निणर्य बमोजिम नै पुनः नापीको कामहरु भईरहेका छन् । यसमा पहिलेदेखी प्रचलनमा रहेको बिघा लाई हेक्टरमा परिवर्तन गरिएको छ भने पहिलो नापी देखी पछिल्लो नापी सम्मको बिचमा बनेका बाटोहरु, कुलो, नाला लगायतको नामांकन गरिन्छ । ’

    तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरी देबी चौधरीले तिलोत्तमाले नगरका बासीन्दाको लागि लालपुर्जा प्रदान गरेको बताउँदै यसको लागि तिलोत्तमा नगरपालिकाले पुनः नापी गर्दा लाग्ने सबै खर्च बेहोरेको बताईन् । उनले लालपुर्जा लिँदा ३० रुपैयाँ मात्रै एक ब्यक्तिले तिर्नुपर्ने उनले जनाईन् ।

    तिलोत्तमा नगरपालिका वडा नम्बर १३ अध्यक्ष नारायण ढकालले लालपुर्जा बितरणले वडाबासीको लागि निकै सहज भएको आफुले विश्वास लिएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij