२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न सर्वोच्चको अन्तरिम आदेश

सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न सर्वोच्चको अन्तरिम आदेश

सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न सर्वोच्चको अन्तरिम आदेश

सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न सर्वोच्चको अन्तरिम आदेश

सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न सर्वोच्चको अन्तरिम आदेश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • बुटवल । सर्वोच्च अदालतले सुन व्यवसायी संघरमहासंघकोे सिन्डिकेट रोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय डा। नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले वाणिज्य बैंकहरूबाट आयात गरेर बिक्री गर्ने संघको सिन्डिकेट हटाउन आदेश दिएको हो । 

    सुनचाँदी व्यवसायीसँग सम्बद्ध संघ तथा महासंघले सुन वितरणका नाममा सिन्डिकेट गरेको भन्दै ऋद्धिशिद्धि ज्वेलर्सका तर्फबाट दायर रिटमा सर्वोच्च अदालतले व्यवसायीले संघरमासंघमा आवद्ध नभए पनि वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश दिएको छ । रिद्धिशिद्धिका तर्फबाट सागर ढुंगानाले रिट दायर गरेका थिए । 

    “यसमा, व्यवसायीहरूको संघरसंगठनमा आवद्ध सुनको कारोबार गर्ने अनुमति प्राप्त व्यवसायीहरूले मात्र सुन खरिद गर्न पाउने व्यवस्था गर्दा त्यस्तो संघ संगठनमा आवद्ध नभएका व्यवसायीले सुन खरिद गर्न नपाई पेसा व्यवसाय सञ्चालन गर्न पाउने संविधानप्रदत्त मौलिक हकमा आघात पुग्न जाने अवस्था देखिएको छ,” सर्वोच्चको अन्तरिम आदेशमा उल्लेख छ । 

    अब निवेदकलाई नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्रीरवितरण सम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको अवस्थामा व्यवसायीहरूका संघर संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न रोक्न पाइने छैन । 

    यसअघि नेपाल सुनचाँदी व्यवसायी महासंघ अथवा नेपाल रत्न तथा आभूषण संघमा आबद्ध व्यवसायीले मात्रै सुन खरिद गरेर बिक्री गर्नसक्ने कानुनी व्यवस्था थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij