२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कोलिय देवदह सहकारीको २० औं स्थापना दिवस मनाइयो

कोलिय देवदह सहकारीको २० औं स्थापना दिवस मनाइयो

कोलिय देवदह सहकारीको २० औं स्थापना दिवस मनाइयो

कोलिय देवदह सहकारीको २० औं स्थापना दिवस मनाइयो

कोलिय देवदह सहकारीको २० औं स्थापना दिवस मनाइयो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • गोविन्द घर्ती / देवदह । सहकारीको माध्यमबाट नागरिकको जीवन परिवर्तन गर्न सकिने देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले बताएका छन् । उनले सहकारीबाट लिएको ऋण सही ठाउमा लगानी भएको छ कि छैन भनेर अनुगमन गर्न आवश्यक रहेको औल्याए । 

    कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था देवदहको २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताएका हुन् । उनले यातायातको नाममा शेयर सदस्यहरुको रकम अपचलन भएको भन्दै साधारण सभाको अवसरमा शेयर सदस्यलाई प्रदान गरिने यातायात खर्च हटाउन आवश्यक रहेको बताए ।

    नगर प्रमुख खरेलले सहकारीम बचत गरेको आमनागरिकको रकम अपचलन नहोस् भनेर देवदह नगरपालिकाले अनुगमन र नियमन गर्दै आएको बताए । उनले नीति, विधिमा संचालन हुने सहकारीलाई सहयोग गर्ने नीति, विधि भन्दा बाहिर गएर संचालन हुने सहकारीलाई कार्वाही गरिने बताए । 

    उनले सहकारीहरुले सुनिश्चित नगरी लगानी गरेमा दुर्घटना हुन सक्ने बताउदै सहकारीका संचालकहरु सचेत र सजग हुन आवश्यक रहेको बताए । उनले नागरिकलाई उद्यमशिल बनाउन नगरपालिकाले बार्षिक रुपमा बजेट वियोजना गर्दै आएको बताउदै सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी गर्न आवश्यक रहेकोमा जोड दिए । 

    कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था देवदहका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, राष्ट्रिय सहकारी महासंघका संचालक टिका न्यौपाने, जिल्ला सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष सुवकान्त न्यौपाने, सदस्य प्रमोद खनाल, लुम्विनी विशिष्टकृत सहकारीका लेखा संयोजक जयकिशन अधिकारी, संस्थाका सल्लाहकार कृष्णप्रसाद पौडेल, प्रकाश अर्याल, विष्णुप्रसाद पौडेल, मित्रलाल न्यौपाने, पुर्व संचालक डिल्लीराज मरासिनी लगायतले बोलेका थिए । 

    सोही अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि, उत्कृष्ट दिदीवहिनी क्लव, उत्कृष्ट वाल बचतकर्ता, उत्कृष्ट किशोरी बचत कर्ता, उत्कृष्ट व्यवसायी, सदस्य विस्तार गर्न सहयोग गर्ने, उत्कृष्ट कर्मचारी, संस्थाको प्रचार प्रसारमा सहयोग गर्ने पत्रकारलाई सम्मान गरिएको थियो । 

    सहकारी संस्थाको २० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । रक्त सञ्चार केन्द्र बुटलको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेको संस्थाका व्यवस्थापक विनोद पुराजुलीले जानकारी दिए । संस्थाका उपाध्यक्ष रमादेवी न्यौपानेको स्वागत र सचिव कृष्णराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij