२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लिङ्ग फेर्न कृत्रिम हर्मोन प्रयोग

लिङ्ग फेर्न कृत्रिम हर्मोन प्रयोग

लिङ्ग फेर्न कृत्रिम हर्मोन प्रयोग

लिङ्ग फेर्न कृत्रिम हर्मोन प्रयोग

लिङ्ग फेर्न कृत्रिम हर्मोन प्रयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौँ । नेपालमा चिकित्सकको सल्लाहबिना लिङ्ग परिवर्तनका लागि कृत्रिम हर्मोनको प्रयोग गर्ने गरेको पाइएको छ । धेरैजसो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मानिसले हर्मोनको औषधी प्रयोग गर्ने गरेको पाइएको हो । 

    यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिले लिङ्ग परिवर्तनका लागि जथाभाबी हर्मोनको औषधी प्रयोग गरेको पाइएको छ । यौनिक तथा अल्पसङ्ख्यक समुदायको क्षेत्रमा काम गर्दै आएकी एन्जल लामाले यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिले लिङ्ग परिवर्तनका लागि जथाभाबी औषधीहरू सेवन गर्ने गरेको बताइन ।

    पारालैङ्गिकमध्ये ८० प्रतिशतले चिकित्सकको परामर्शबिना हर्मोनको औषधी सेवन गरिरहेको जानकारी दिँदै लामाले चिकित्सकको सल्लाह र परीक्षणबिना हर्मोनको औषधी सेवन गर्न नहुने बताइन । उनले लिङ्ग परिवर्तन गर्न नेपालमा सम्भव नभएको भन्दै आर्थिक क्षमता भएकाहरू भारत, थाइल्यान्डलगायतका मुलुकमा गएर पनि लिङ्ग परिवर्तन गराइरहेको बताइन । उनले शल्यक्रिया गर्न नसक्नेहरूले नेपालमा जथाभावी हर्मोन परिवर्तनका लागि औषधी सेवन गरिरहेको बताइन् । उनले आफूखुसी हर्मोनको औषधी सेवनबारे व्यापक रूपमा जनचेतना जगाउनुपर्ने बताइन्। 

    हर्मोन तथा थाइराइड रोग विशेषज्ञ डा. विनय भट्टराईले हर्मोनको जथाभाबी सेवन गर्दा समस्या हुने बताए । उनले अधिकांश यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्ने गरे पनि कतिपयले भने आफूखुसी खाने गरेको बताए ।

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले हर्मोन सेवन गर्दा चिकित्सकको परामर्शमा परीक्षण गरेर मात्र सेवन गर्न सुझाव दिए । उनले हर्मोनल पिलहरू टेस्टोस्टेरोन, इस्ट्रोजेन र प्रोजेस्ट्रोनले शरीरको हर्मोनल सन्तुलनमा परिवर्तन ल्याउन सक्ने जानकारी पनि दिए । उनले पिलहरू डाक्टरको सल्लाहबिना लिइन्छ भने यसले शरीरमा असमान हर्मोनल स्तरहरू सिर्जना गर्न सक्ने बताए । उनले हर्मोनको आफूखुसी प्रयोगले अनियमित महिनावारी, प्रजनन तथा मानसिक स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने बताए । गाेरखापत्रमा खबर छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij