२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी सरकारले केन्द्रलाई पठायो २४ समस्या

लुम्बिनी सरकारले केन्द्रलाई पठायो २४ समस्या

संघीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तिय समानीकरण अनुदानको झण्डै साढे दुई अर्ब रकम प्राप्त हुन नसकेको बिषय प्रमुखताका साथ उठाइएको छ ।

लुम्बिनी सरकारले केन्द्रलाई पठायो २४ समस्या

लुम्बिनी सरकारले केन्द्रलाई पठायो २४ समस्या

संघीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तिय समानीकरण अनुदानको झण्डै साढे दुई अर्ब रकम प्राप्त हुन नसकेको बिषय प्रमुखताका साथ उठाइएको छ ।

लुम्बिनी सरकारले केन्द्रलाई पठायो २४ समस्या
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • दाङ।  प्रदेश विकास समस्या समाधान समितिको  बैठकले प्रदेशका २४ वटा समस्या पहिचान गरेर राष्ट्रिय विकास समस्या समितिमा पठाएको छ । वैठकमा संघीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तिय समानीकरण अनुदानको रकम प्राप्त हुन नसकेको बिषय प्रमुख समस्याका साथ उठाइएको छ । प्रदेश सरकारले गत बर्षको झण्डै साढे दुई अर्ब दायित्व भुक्तानी गर्न बाँकी छ । संघीय सरकारले वित्तिय समानीकरण अनुदानको रकम नपठाउदा प्रदेशले आर्थिक संकट भोग्नु परेको छ । सशर्त अनुदानको रकम घटाएर वित्तिय समानीकरण अनुदानको बजेट बढाउने बिषयलाई प्रमुखताका साथ उठाइएको हो । साझा अधिकारका सूचीको कार्य बाँडफाँड र प्रहरी समायोजनाको बिषयलाई पनि उठाइएको सरकारका प्रवक्ता भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थीले बताए ।  
    साझा अधिकार सूचीमा रहेका बिषयमा कार्य बाँडफाँडमा स्पष्ट मापदण्ड बनाई लागु गर्ने र प्रहरी समायोजनको कुरा छिटो टुंगो लगाउनुपर्ने, प्रदेश र स्थानीय तहमा कर्मचारी परिचालनको सन्दर्भमा प्रमुख प्रशासनिकय अधिकृत प्रदेशले पठाउनेगरी व्यवस्था गर्नुपर्ने, वन क्षेत्रको जग्गाको प्रयोग र आयोजना कार्यान्वयनमा प्रक्रियागत बिषयमा अधिकार प्रत्यायोजन हुनुपर्ने बिषयलाई उठाईएको छ । वन क्षेत्रको जग्गाको प्रयोग र आयोजना कार्यान्वयनका प्रक्रियागत बिषयमा प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने बिषय पनि राष्ट्रिय विकास समस्या समितिमा पठाएको पन्थीले बताए । 
    आयात हुने कृषि उपजको नियमन गर्ने बिषय , ढुंगा, गिट्टी, बालुवा उत्खनन सम्वन्धि कानूनी व्यवस्था सुधार गर्नुपर्ने, सडक निर्माण, विस्तार र सुदृढिकरणमा संघीय सरकार र विद्युत प्राधिकरण संगको समन्वय प्रभावकारी नहुदा समस्या समाधान गर्नेगरी काम अघि बढाउनुपर्ने, उद्योग दर्ता र जग्गा प्राप्तीको अधिकार प्रत्यायोजन गरिनुपर्ने बिषय उठाइएको छ । 

    दायित्व भुक्तानी प्रक्रिया पुस मसान्तबाट अघि बढाइने
    प्रदेश विकास समस्या समाधान समितिको बैठकले प्रदेश सरकारले अघि बढाएका विभिन्न १६ वटा बिषयलाई प्राथमिकतामा राख्दै समस्या समाधान गर्नेगरी अघि बढाइने भएको छ । बहुबर्षिय ठेक्का सम्वन्धि मापदण्ड पुस मसान्त भित्र तयार पार्ने समय तोकिएको छ । सरकारको  कुल दायित्य र योजनाको एकिन मंसिर मसान्त भित्र गर्ने र पुस मसान्त भित्र बहुबर्षिय ठेक्का सम्वन्धि मापदण्ड पुरा गर्ने, परिणाममुखी आयोजना कार्यान्वयनलाई जोड दिइएको छ । स्रोतको अधिकतम सदुपयोग गरी बार्षिक बजेट तथा कार्यक्रममा परेका योजना तथा कार्यक्रम सञ्चालन गर्दा अपेक्षित परिणामलाई मध्यनजर गरेर मत्र मितव्ययी तरिकाले आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्ने, प्रदेशको कर्मचारी व्यवस्थापन गर्न विस्तृत संगठन तथा व्यवस्थापन सर्वेक्षण फागुन मसान्तसम्म समपन्न गरी कर्मचारीको पदपूर्ती तथा पदस्थापन गर्ने कार्यलाई तिब्र पार्ने, सडक निर्माण क्षेत्र सम्वन्धमा प्रदेश याजना आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यदल गठन गर्ने, जुन कार्यदलले फागुन मसान्त भित्र प्रतिवेदन पेश गर्ने, एकिकृत शहरी पूर्वाधार निर्माण सम्वन्धि कार्यविधि फागुन मसान्त भित्र तर्जुमा गरिसक्ने निणर्य गरिएको छ । बहुबर्षिय आयोजनाको रुपमा स्वीकृत तथा स्रोत सुनिश्चित भएका आयोजना मात्र कार्यान्वयन गर्ने निणर्य भएको छ । बहुबर्षिय आयोजनाको रुपमा स्वीकृत तथा स्रोत सुनिश्चित नभए सम्म बार्षिक बजेटमा विनियोजित रकमभन्दा बढी दायित्व सृजना हुनेगरी कुनैपनि आयोजना तथा कार्यक्रम कार्यान्वयन नगरिने भएको हो । गत बर्षको दायित्व भुक्तानी हुन बाँकी आयोजनाहरुको रकम भुक्तानीको प्रक्रिया पुस मसान्तभित्र अघि बढाउने, निर्मित पूर्वाधारहरुको सदुपयोगमा बिशेष जोड दिइएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष संयोजक रहनेगरी सडक, चिस्यान केन्द्र, रिफ्रेस सेन्टर, सांस्कृतिक डवली लगायत उपयोग नभएका वा न्यून उपयोग भएका पूर्वाधारहरुको अवस्था एकिन गर्नगरी उपयोग बढाउन, हस्तान्तरण र आर्थिक सामाजिक गतिविधि संग जोड्न बिषयमा अध्ययन गरी फागुन मसान्तसमम मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पेश गर्ने निणर्य भएको छ । 

    प्रदेश विकास समस्या समितिको बैठकले प्रदेशको विकास निर्माणको कामलाई प्रतिफल र उपलब्धिसंग जोड्नेगरी विभिन्न महत्वपूणर् बिषयहरु उठान गरेको प्रवक्ता पन्थीले बताए  । 
    बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले प्रदेशको आन्तरिक स्रोतलाई बलियो बनाउनेगरी राजश्वको दायरा बढाउनुपर्ने, कार्य सम्पादनलाई प्रभावकारी र उपलब्धिमुलक बनाउनुपर्ने बिषयहरु प्रस्तुत गरेका थिए । वैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतिफल दिने खालका योजनाहरुलाई प्राथमिकता दिएर कार्यान्वयन गर्न निर्देशन दिएका हुन । ‘५-७ लाख रुपैयाँका आयोजना  रातो कितावमा लेखिएको भएपनि त्यसले उपलब्धि दिदैन भने कार्यान्वयन गर्न जरुरी छैन’-उनले भने-‘प्रदेश सरकारले अघि बढाएका आयोजना समय सिमा भित्रै सम्पन्न गरिनुपर्छ ।’ 

    प्रदेश सरकारले थालेका तर, सम्पन्न हुन नसकेका योजनाहरुको अध्ययन गरेर सम्पन्न गर्नेतर्फ समेत मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराए। चिस्यान केन्द्र, सांस्कृतिक डबली, रिफ्रेस सेन्टर लगायतका आयोजना सुरु भएको, कतिपय  सम्पन्न नभएको, सम्पन्न भएपनि प्रयोगमा नआएको भन्दै यसमा  ध्यान दिन मुख्यमन्त्रीले आग्रह गरे । ‘जुन सरकारको पालामा अघि बढेको भएपनि ति आयोजना प्रदेश सरकारका हुन् ती आयोजनालाई सम्पन्न गर्न, प्रयोगमा ल्याउन योजना बनाएर कार्यान्वयन गर्न जरुरी छ’-उनले भने-‘आयोजनाहरु बन्ने तर प्रयोगमा नआउने समस्या समाधान हुनु पर्छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij