२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बस दुर्घटना हुँदा २१ जना घाइते

बस दुर्घटना हुँदा २१ जना घाइते

बस दुर्घटना हुँदा २१ जना घाइते

बस दुर्घटना हुँदा २१ जना घाइते

बस दुर्घटना हुँदा २१ जना घाइते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • बुटवल । दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । शुक्रबार बिहान १० बजेतिर  घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख १३८२ नंम्बरको बस आफै अनियन्त्रित भइ तुलसीपुर-१८ डाडागाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार तुलसीपुर- १८ का १८ वर्षका चल मान बुढामगर, सोही ठाँउका ३२ वर्षका ईन्द्रा थापा, घोराही- ११ बस्ने २५ वर्षका माधब डाँगी सोही ठाँउका ६० वर्षका रुद्र बहादुर कामी, तुलसीपुर- १८ बस्ने बर्ष ६३ वर्षका नर बहादुर नेपाली, सल्यान शारद नगरपालिका १० बस्ने ३६ को ढाकाराम कवंर रहेका छन् ।

    यस्तै तुलसीपुर- १७ बस्ने बर्ष १७ वर्षका आँचल शर्मा, तुलसीपुर-१८ बस्ने बर्ष ५९ वर्षका रमा परियार, तुलसीपुर-१७ बस्ने ३६ वर्षका राधा केसी, सोही ठाँउका ४६ वर्षका नर बहादुर नेपाली, रुपन्देहि बुटवल उपमहानगरपालिका-११ बस्ने २६ वर्षका नबिन पराजुलि, भारत तेलगंगा घर भइ ज्योतिष काम गर्ने बर्ष ३९ वर्षका कल्याम जगम, घोराही- ५ बस्ने ५२ वर्षका तिल बिक्रमा गिरि, घोराही-१५ बस्ने ५४ वर्षका डबल बहादुर डाँगि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

    प्रहरी निरीक्षक थापाका अनुसार तुलसीपुर- १८ बस्ने ३६ वर्षका नन्दकलि वलि, शान्तिनगर गाँउपालिका-६ बस्ने २४ वर्षका नबिन वलि, तुलसीपुर- १८ बस्ने २९ वर्षका आकृति पुन मगर, तुलसीपुर-१७ बस्ने ७९ वर्षका दुर्गा बहादुर केसी, सोही ठाँउका ७८ वर्षका नमा केसी, बसका सहचालक घोराही १४ बस्ने २२ वर्षका सागर नेपाली र घोराही- १७ बस्ने ४० वर्षका  गंगाराम पोख्रेल घाइते भएका छन् ।  घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलीपुरका प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

    बस सडक देखी अन्दाजी २/३ मिटर तल खसेको प्रहरी निरीक्षक थापाले बताउए । बसका चालक घोराही- १० बस्ने अन्दाजी २८ वर्षका मनोज चौधरी फरार रहेका छन् ।  फरार चौधरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij