२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

युरो सिक्स सवारी प्रविधिको बारेमा कामदारहरुलाई क्षमता अभिबृद्धी तालिम शुरु

युरो सिक्स सवारी प्रविधिको बारेमा कामदारहरुलाई क्षमता अभिबृद्धी तालिम शुरु

युरो सिक्स सवारी प्रविधिको बारेमा कामदारहरुलाई क्षमता अभिबृद्धी तालिम शुरु

युरो सिक्स सवारी प्रविधिको बारेमा कामदारहरुलाई क्षमता अभिबृद्धी तालिम शुरु

युरो सिक्स सवारी प्रविधिको बारेमा कामदारहरुलाई क्षमता अभिबृद्धी तालिम शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • बुटवल । युरो सिक्स बिएस सिक्स गाडी प्रविधिको बारेमा कामदारहरुको लागि थप सीप तालिम शुरु भएको छ। दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको दोस्रो चरणको ९६ घण्टे कामदारहरुको लागि थप सीप तालिम शुरु भएको हो।


    धुवारहित गाडि बनाउदै वातानुकुलित गाडी बनाउनको लागि कामदारहरुको क्षमता अभिबृद्धी तालिम शुरु भएको हो।
    बुटवल अटो ईन्जिनियरिङ एशोसिएशनका रुपन्देही लुम्बिनीको प्रविधिक सहयोगमा तालिम शुरु गरिएको हो । सम्बन्धित विषयमा कार्यरत कामदारहरु, एशोसिएशनकामा आबद्ध कामदार र विगतमा कोबिडका कारणले बेरोजगार भएका, बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई समेटेर १६ दिने तालिम उद्घाटन गरिएको हो।


    तालिमको उद्घाटन गर्दै नेपाल अटो मेकानिक्स ब्यवसायी महासङका केन्द्रिय अध्यक्ष जनार्धन गर्ह्रेले बिगतका वर्षहरुमा बिदेशबाट प्राविधिक ल्याएर गाडी बनाउनुपर्ने बाध्यता रहेपनी अहिले आउदा एशोसियशनका कामदार अहिले नियमितको तालिमले दक्ष बनेको बताए । उनले एशोसियशन र बुटवल अटो भिलेज मेकानिक्सहरुको गहना भएको बताए।


    बुटवल अटो ईन्जिनियरिङ एशोसिएशनका रुपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले एसोसिएसनले कामदारको क्षमता तथा दक्षता वृद्धिहुने अपेक्षा सहित तालिम आयोजना गरिएको बताए।


    रुपन्देही उद्योग संघका द्वितीय उपाध्यक्ष हरि बहादुर खरेलले परियोजना र इन्स्योर परियोजना मिलेर यस्तो किसिमको तालिम सञ्चालन गरेको बताए। उनले यस्ता तालिमहरु सञ्चालन नभए यहि सीप सिक्न टाढा जानुपर्ने र खर्च हुने भएकोले तालिम निशुल्क ब्यवस्थापन गरिएको बताए।
    कार्यक्रममा इन्स्योर परियोजना नेपालका लुम्बिनी प्रदेश सम्योजक राजकुमार सेती मगरले जुन कामको लागि बाहिरबाट जनशक्ति ल्याएर काम गर्नु परेको अवस्थामा यो तालिम शुरु गरेको बताए।

    तालिम अवधिभरमा ३६% सैद्धान्तिक र ६०% प्रयोगात्मक ज्ञानहुनेगरी तालिम प्रदान गरिने प्रमुख प्रशिक्षक चिन्तामणी खनालले बताए।


    कार्यक्रममा सस्थापक अध्यक्ष खडक बहादुर गौतम, निवर्तमान अध्यक्ष तुल्सिराम न्यौपाने ,कार्यक्रम संयोजक ध्रुब राज भुसाल, महासचिव पुनित पोखरेल लगायतले सिकेको सिपलाई राम्रोसंग उपयोग गर्दै मैनाबगर कै शिर उचो हुनेगरी काम गर्नुपर्ने बताए।


    तालिममा प्रशिक्षक चिन्तामणी खनाल तथा प्रशिक्षकहरु सिबि थापा ,अर्जुन भण्डारी , मिलन न्यौपाने लगायतले प्रशिक्षण दिनेछन।  २० जना सहभागी तालिम पुस ५ गतेसम्म सञ्चालन हुनेछ। 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij