२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुद्ध मावली पण्डितपुर क्षेत्रको उत्खनन् सुरु

बुद्ध मावली पण्डितपुर क्षेत्रको उत्खनन् सुरु

बुद्ध मावली पण्डितपुर क्षेत्रको उत्खनन् सुरु

बुद्ध मावली पण्डितपुर क्षेत्रको उत्खनन् सुरु

बुद्ध मावली पण्डितपुर क्षेत्रको उत्खनन् सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  •  केशव पराजुली
    नवलपरासी 
    पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा रहेको गौतमबुद्धको मावली पण्डितपुर क्षेत्रको उत्खनन् शनिबारबाट सुरु गरिएको छ । उत्खनन् नेपाल सरकार पुरातत्व विभागको विज्ञ टोलीबाट सुरु गरिएको हो । विज्ञ टोली करिव एक महिनासम्म पण्डितपुरको उत्खनन् पर्नेछ । २३ दिनसम्म परातत्वविद भास्कर ज्ञवालीको टोलीले उत्खनन् कार्य गर्ने छ । 


    रामग्राम नगरपालिका तथा नेपाल सरकार पुरातत्व विभागको नेतुत्वमा विज्ञटोलीबाट रामग्राम वडा नम्बर १८ पण्डितपुर क्षेत्रको उत्खनन् कार्यको सुभारम्भ संघीय सांसद ध्रुवबहादुर प्रधानले गरेका छन् । तत्कालिन जिल्ला विकास समितिको पहलमा पहिलो पटक पुरातत्वविद सुक्रराज श्रेष्ठले पण्डितपुर क्षेत्र गौतमबुद्धको कोलीय गणराज्यको राजधानी भएको रिपोट दिएको थियो । पण्डितपुर क्षेत्रको २०६८ देखि ७३ सम्म विभिन्न अनुसन्धान भएका थिए । चार वर्ष अगाडि उक्त स्थानमा बुद्धकालिन विभिन्न संरचना फेला परेका थिए ।

     
    २०७० सालमा पुरातत्वविद तारानन्द मिश्रलेपण्डितपुर क्षेत्र बुद्धकालिन  महत्वपूर्ण क्षेत्र भएको बताएका थिए ।  ६० विगाह कुल क्षेत्र रहेको पण्डितपुरमममा  २२ हेक्टर ३२ बिगाह जग्गामा  बुद्धसँग सम्बन्धित षेब रहेको बताइन्छ । २०७१ सालमा भू–भौतिक सर्वेक्षण हुँदा प्राचीन शहर र धेरै बुद्ध कालिन संरचना भेटाएको थियो ।  कोलीयका राजाद्वारा शासित क्षेत्र पण्डितपुर भएको बताइन्छ । ऐलानी प्रतिजग्गा स्थानीयले भोग चलन गर्दै आएकोमा नगरपालिकाको पहलमा स्थानीयले जग्गा छाडेका छन् । 
     अझ पनि धेरै जग्गामा स्थानीयले खेती गर्दै आएका छन् । राष्ट्रिय आवास कम्पनी र सुकुम्बासी आयोजले त्यस क्षेत्रको जग्गामा नापनक्सा नगरी छाडेको स्थानीय सहदालले बताए । पछि पण्डितपुर क्षेत्रको उक्त जग्गामा केही सुकुम्बासी आएर कब्जा गर्न खोजेपछि स्थानीयले कब्जा गरी खेती गर्दै आएको स्थानीयले बताए । 


    पण्डितपुर क्षेत्रको उत्खनन्का लागि ८ लाख विनियोजन गरेको छ, पण्डितपुर क्षेत्रको जग्गालाई संरक्षणका लागि जग्गा अतिक्रमण अवश्यक रहेको पुरातत्वविद् भास्कर ज्ञवालीले बताएका छन् । रामग्राम नगरपालिकाले रामग्राम, पण्डितपुरलगायतका क्षेत्रको उत्खनन्का लागि ४० लाख बिनियोजन गरेर काम अगाडि बढाएको छ । पण्डितपुर क्षेत्रको उत्खनन् कार्यको सुभारम्भ गर्दै संघीय सांसद ध्रुवबहादुर प्रधानले गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै सबै क्षेत्रको विकासका लागि तीनवटै सरकारहरु अग्रसर भएर लाग्न जरुरी रहेको बताएका छन् । पूर्वमन्त्री प्रधानले बुद्धको देशमा जन्मेका नेपालीहरुले अरु र अरुको ठाउँको भन्दा पनि आफ्नो ठाउँको विकासका बारेमा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । 


    आफूले पण्डितपुरमा खुल्ला संग्रहालयका लागि १ करोड रकम विनियोजन गरेको उनले बताए । बुद्धले लिएको शान्तिको सन्देश अहिले पनि आवश्यक रहेको बताउँदै सांसद प्रधानले लुम्बिनी, तिरौराकोट, रामग्राम र पण्डितपुरको विकासको लागि सबै प्रतिबद्ध हुन जरुरी रहेको बताए । 


    रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले पण्डितपुर र रामग्रामको विकास र बिस्तारका लागि सबै लाग्नुपर्ने बताउँदै नगरपालिकाको मात्र चाहनाले यस क्षेत्रको विकास सम्भव नभएको हँुदा तीनवटै सरकारको अग्रसरता अपरिहार्य रहेकोमा जोड दिए । प्रदेश सभासद खड्कबहादुर बस्नेत, बैजनाथ जैसवाल जिल्ला समन्वय समितिका प्रमुख भगवति यादव, प्रमुख जिल्ला अधिकारी स्मीम श्रेष्ठ, रामग्राम नगरपालिकाकी उप–प्रमुख सम्झना चौधरी, स्थानीय शोभा चौधरीलगायतले पण्डितपुर र रामग्रामको विकासमा जोड दिएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij