२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सेवाग्राहीले मेसो नपाएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला

सेवाग्राहीले मेसो नपाएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला

सेवाग्राहीले मेसो नपाएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला

सेवाग्राहीले मेसो नपाएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला

सेवाग्राहीले मेसो नपाएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • श्रीराम ज्ञवाली
    बुटवल
    लुम्बिनी प्रदेश सरकारको मातहतको बुटवल तामनगरस्थित जनस्वास्थ्य प्रयोगशाला ओझेलमा परेको छ । बुटवलको तामनगरमा सरकारको लगानीमा बनेको भव्य भवन तथा संरचना रहेको प्रयोगशालाको लोकेसन र त्यहाँबाट उपलब्ध सेवा सुविधाबारे अधिकांश नागरिकलाई नै जानकारी नै छैन । 
    संघीयता लागू भएपश्चात् सरकारले प्रदेशवासीलाई केही ल्याब परीक्षण निःशुल्क र केही परीक्षण न्यूनतम शुल्कमा गर्ने गरी प्रयोगशाला सञ्चालनमा ल्याएको हो । तर प्रयोगशालाबारे उचित प्रचार प्रसारको अभावमा नागरिकलाई जानकारी नभएको कारणले नागरिकहरु  सेवा लिन गएका छैनन् । प्रयोगशालामा होलबोडि चेक अप, थाइराईड, मिर्गौला, रगत, कोरोना, दिसा–पिसाब, सिकलसेल (वंशाणुगत), पाठेघर क्यान्सर, एचआईभी, फ्लुएन्जा भाइरस, क्षयरोगलगायत करिव तीनसय थरि टेस्ट हुन्छ । होल बडी चेकजाँचका लागि न्यूनतम १ हजार ६ सय शुल्कमा परीक्षण गरिरहेको छ । अरु शुल्क पनि निजीभन्दा धेरै सस्तो छ । 
    ग्लोबल फण्ड सेभ द चिल्ड्रेनले भवन बनाई केही उपकरणसहित प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । यसमा स्थानीय, प्रदेश र संघको सहयोग रहेको छ । कोरोना भाइरस संक्रमणको समयमा पालिका र जिल्ला पुगेका मेसिनहरु कोरोनाकालपछि ती निकायले प्रयोगशालालाई उपलब्ध गराएका छन्् । २०८१ असार यता दैनिक २० जनाका दरले सेवाग्राहीले सेवा लिएका प्रयोगशालाका निमित्त निर्देशक राजेशकुमार गुप्ताले बताए । नागरिकलाई सस्तो शुल्कमा ल्याब परीक्षण सेवा दिने उद्देश्य अनुरुप स्थापना गरिएको प्रयोगशालाबारे नागरिकले जानकारी नपाएको कारण ओझेलमा परेको उनले दुखेसो पोखे ।
    २०८० असोजमा आफू उक्त प्रयोगशालामा नियुक्त भएपश्चात् सुस्त रहेको कार्यालयलाई मूर्तरूप दिन सफल भएको र थप सक्रियतापूर्वक लाग्नुपर्ने देखेको उनले बताए । परीक्षण सेवाका साथै दर्ता नभएका प्रयोगशालालाई नियमसँगत दर्ता प्रक्रियामा ल्याउने काम पनि त्यहाँबाट हुने उनले बताए । 
    प्रदेशभित्र फैलिएका विभिन्न समयका महामारीमा स्थलगत परीक्षण र उपचार, कोरोना भाइरसको अवस्था निरन्तर निगरानी र जानकारी लिनका लागि परीक्षण र सचेतनामा प्रयोगशालाले पहल गरेको बताए ।
    सेवाग्राहीबाट आएको आम्दानी सरकारको राजस्व खातामा प्रत्यक्ष जाने गरेको छ । प्रयोशालामा २४ जना कर्मचारी कार्यरत छन् । अस्पताल र प्रयोगशालाको दूरी टाढा हुँदा झन्झट र उपचारमा ढिलाइ हुने भएकाले सेवाग्राहीहरु सरकारी प्रयोगशालामा नगई नजिकका निजी ल्याबमा महँगो शुल्क तिर्न बाध्य भएका एक कर्मचारीले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij