२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

इस्मा दर्लामचौरमा बृहत् स्वास्थ्य शिविर, साढे ४ सयले लिए सेवा

इस्मा दर्लामचौरमा बृहत् स्वास्थ्य शिविर, साढे ४ सयले लिए सेवा

इस्मा दर्लामचौरमा बृहत् स्वास्थ्य शिविर, साढे ४ सयले लिए सेवा

इस्मा दर्लामचौरमा बृहत् स्वास्थ्य शिविर, साढे ४ सयले लिए सेवा

इस्मा दर्लामचौरमा बृहत् स्वास्थ्य शिविर, साढे ४ सयले लिए सेवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका ३ दर्लामचौरमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

    इस्मा ३ वडा कार्यालयको आयोजना तथा चौराहा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा भएको शिविरमा करिब ४ सय ५० जनाले सेवा लिएका छन् । 

    310e355a-4fec-49ff-962f-3397d88b2f79.jpg

    दर्लामचौर हातेमालो सहयोगी समाज रुपन्देहीको समन्वयमा भएको कार्यक्रमको उद्धाटन गर्दै गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले पालिकाका जनतालाई सहज स्वास्थ्य चेकजाँच गर्नको लागि शिविरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । 

    उनले इस्मा गाउँपालिकाले पालिका भित्रका महिला, जेष्ठनागरिक तथा सीमान्तकृत समुदायको हक हितलाई ध्यानमा राखेर कामहरू गरिरहेको बताउँदै स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ अगाडी बढाएको बताइन् । 

    कार्यक्रममा बोल्दै इस्मा गाउँपालिका वडा नम्बर ३ अध्यक्ष ज्योतिराज कुँवरले तालिम वडाका जनताले आफ्नो स्वास्थ्यको बारेमा जानकारी गराउने उद्देश्यसहित आयोजना गरिएको बताउँदै शिविर सञ्चालन गर्न सहयोग गर्नेलाई आभार व्यक्त गरे । 

    d257ef76-1805-4f06-8164-9dc4b69c7af2.jpg

    शिविरमा फिजिसियन डा राजन भण्डारी, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. विवेक केसी, महिला तथा प्रसुतीरोग विशेषज्ञ दीपक पटेल, रेडियोलोजिष्ठ डा अमृतराज श्रेष्ठ, मेडिकल अधिकृतहरू किसान थापा र करण थापाले सहजीकरण गरेका थिए । 

    दोहली स्वास्थ्य चौकीका प्रमुख रमेश मरासिनीको नेतृत्वमा ६ जनाको ल्याबको टोलीले शिविरमा सेवा दिएका थिए । दर्लामचौर स्वास्थ्य चौकीले पनि शिविरमा सहयोग गरेको कार्यक्रम संयोजनको भूमिकामा रहेका सुनिल नेपालीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij