२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘लायन्स शान्तीदिप’ द्वारा मानव सेवा आश्रममा खाना बितरण

‘लायन्स शान्तीदिप’ द्वारा मानव सेवा आश्रममा खाना बितरण

‘लायन्स शान्तीदिप’ द्वारा मानव सेवा आश्रममा खाना बितरण

‘लायन्स शान्तीदिप’ द्वारा मानव सेवा आश्रममा खाना बितरण

‘लायन्स शान्तीदिप’ द्वारा मानव सेवा आश्रममा खाना बितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • बुटवल । लायन्स क्लव अफ बुटवल शान्तीदिपले बुटवलको सुख्खानगरमा रहेको  मानव सेवा आश्रममा आज एक कार्यक्रम गरी  बृद्ध आमाहरु लाई खाना खुवाएको   छ ।

     लायन्स माधव राज गैरेको  जन्मदिनको अवसर पारेर क्लबले खाना खुवाएको क्लबका अध्यक्ष बिशाल पन्थीले बताए  ।

    गत बर्ष देखि आफ्नो जन्मदिनमा अरु शिर्षकमा हुने खर्चलाई बचाएर केहि लायन्स सदस्य हरुले  क्लब मार्फत  मानव सेवामा यसरि खर्च गर्दै आएको अध्यक्ष पन्थीले बताए ।

    आज गैरेको जन्मदिनको अवसरमा क्लवले ५१ जना बृद्घ आमाहरु लाई खाना खुवाएको हो । सात प्रदेशका १९ जिल्लामा बिस्तार भएको मानव सेवा आश्रमका २४ ओटा  शाखा रहेको सह संयोजक रिना थापाले बताइन् ।

     कार्यक्रममा प्रमुख अथिति अन्तराष्ट्रिय लायन्स क्लव जिल्ला परिषद ‘३२५ पि’ का  गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्नले शान्तिदिपको उक्त कार्यको सराहाना गर्दै लायन्स क्लवका सदस्यहरुले यस प्रकारको खर्च लाई यसरिनै सेवामा लगाउने हो भने थुप्रै अशक्त र अनाथहरुले राहत पाउने बताए ।

      कार्यक्रममा बिशिष्ट अतिथी प्रथम  भाईस डिष्ट्रिक गभर्नर लायन्स बालाराम भट्टराई, दोस्रो भाईस डिष्ट्रिक गभर्नर सन्दिप कशौधन अतिथीहरुमा डिष्ट्रिक सेक्रेटरी लायन्स  माधव खनाल,  शान्तिदिपका संस्थापक अध्यक्ष तथा रिजन चेयर बाबुराम खनाल आश्रमकि सह संयोजक रिना थापाको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा क्लवका सम्पुर्ण  पधादिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । लायन्स माधव राज गैरेको संयोजकत्वमा  सम्पन्न उक्त कार्यक्रमको    सञ्चालन सचिव लायन्स लक्ष्मी नारायण खनालले गरेका थिए भने  अध्यक्षता बर्ष २०२४÷०२५ का अध्यक्ष  लायन्स बिशाल पन्थीले गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij