२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवल हस्पिटल प्रा.लि.मा ९५ बर्षिय न्यौपानेको शल्यक्रिया

बुटवल हस्पिटल प्रा.लि.मा ९५ बर्षिय न्यौपानेको शल्यक्रिया

बुटवल हस्पिटल प्रा.लि.मा ९५ बर्षिय न्यौपानेको शल्यक्रिया

बुटवल हस्पिटल प्रा.लि.मा ९५ बर्षिय न्यौपानेको शल्यक्रिया

बुटवल हस्पिटल प्रा.लि.मा ९५ बर्षिय न्यौपानेको शल्यक्रिया
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  •  
    बुटवल । आजभोली बिरामीहरुका लागि शल्यक्रिया (अप्रेशन) गर्ने कुरा समान्य जस्तै बन्दै गएको छ । तर शल्यक्रिया गर्नका लागि अन्य धेरै कुराहरु मिलेको हुनुपर्छ । त्यति हुर्दा हुदै पनि उमेर अवस्था पनि एउटा महत्वपुर्ण पाटो हो । तर ९५ वर्ष पुरा भैसक्नु भएका एक जना जेष्ठ नागरिकको हिम्मतले चिकित्सकहरुलाई पनि जिल खुवाएको छ ।


    स्वास्थ्य अवस्था समान्य नै भएपनि हर्नियाको समस्याबाट ग्रसित गुल्मी अर्वेनीका रुक्मागत न्यौपानेले बुटवल हस्पिटल प्रा.लि.मा शल्यक्रिया गरे । उमेर अवस्थाले गर्दा घर परिवारदेखि स्वयंम चिकित्सकहरुले पनि निर्णय लिन नसकिरहेको अवस्थामा बिरामी न्यौपानको हिम्मतको अगाडि उमेर गौढ बनेको छ । 


    बुटवल हस्पिटल प्रा.लि.मा मा न्यौपानको दायां भागमा रहेको हर्नियाको केहिदिन अघि शल्यक्रिया भयो ।आजभन्दा ५ वर्ष अघि पनि उनले बुटवल हस्पिटलमै बायां भागको हर्नियाको शल्यक्रिया गरेका थिए ।

    बुटवल हस्पिटल प्रा.लि.का बरिष्ठ सर्जन डा कृष्ण खनाल र डा बृखराज जोशीको टिमले न्यौपानेको सफल शल्यक्रिया गरेको हो । शल्यक्रियामा एनेसथेसिया विभागका डा प्रलाद अधिकारी सहितको टिमले साथ दिएको थियो ।

    'उमेर अवस्थाले उहांको शल्यक्रिया गर्ने कि नगर्ने निर्णय लिन निकै धौ धौ परेको थियो तर बिरामीको हिम्मतले हामी सबैलाई गलायो, हामीले बुटवल हस्पिटलमै दुवै हर्नियाको शल्यक्रिया गरेका छौं । उहां पुर्णरुपमा स्वस्थ्य भएर घर फर्किनु भएको छ । 'शल्यक्रियाका सहभागि डा खनालले भने । 


    अस्पतालबाट विदा भएर घर फर्किदा ९५ बर्षिय बुवा रुक्मागदले आफुलाई निकै आराम मिलेको महसुस गर्दै अस्पताल र स्वास्थ्यकर्मीहरुको टोलीलाई भेटेर आर्शिवाद दिदै घर जानु भएको बुटवल हस्पिटलले जानकारी दिएको छ । 



    बुटवल हस्पिटलले जटिल तथा निकै महत्वपुर्ण खालका शल्यक्रियाहरु पनि शुरु गरेको छ । उपकरण र चिकित्सकहरुको संयोजनमार्फत हस्पिटलले सबै खालका शल्यक्रियाहरु गर्न थालेको अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij