२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुटवलमा क्रियाशिल पत्रकारहरुको स्वास्थ्य परिक्षण

बुटवलमा क्रियाशिल पत्रकारहरुको स्वास्थ्य परिक्षण

बुटवलमा क्रियाशिल पत्रकारहरुको स्वास्थ्य परिक्षण

बुटवलमा क्रियाशिल पत्रकारहरुको स्वास्थ्य परिक्षण

बुटवलमा क्रियाशिल पत्रकारहरुको स्वास्थ्य परिक्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • बुटवल । बुटवलमा क्रियाशिल पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । दाङ- रुपन्देही सम्पर्क समाजको आयोजना तथा बुटवल प्रयोगशाला, मेडिक्रस डाएग्नोसिष्ट ल्याब्रोरेटरीको प्राविधिक सहयोगमा बिहीबार बुटवलमा मधुमेह, पिसाब र मृगौला  परिक्षण गरिएको हो ।


    एक कार्यक्रमकाबिच आयोजना गरिएको शिविरमा दाङ-रुपन्देही सम्पर्क समाज, बुटवलका अध्यक्ष रेशम बहादुर महराले लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा.सागर पौडेललाई ल्याबसम्बन्धि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै शुभारम्भ गरेका थिए ।

    received_443122881954339.jpeg


    कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा.सागर पौडेलले स्वास्थ्य सचेतना आजको आवश्यकता भएको औंल्याउँदै आम नागरिकलाई सुसुश्चित गर्ने पत्रकारहरुको स्वास्थ्यलाई मध्यनजर गरेर  समाजले राखेको शिवीर अत्यन्तै महत्वपूर्ण कार्य भएको उनले बताए ।

    उनले कुनै पनि व्यक्तिको मृगौला खराब भएको लक्षण धेरै ढिला हुने भएकाले समयसमयमा यसको जाँच गराउन जरुरी रहेको भन्दै  नागरिकलाई यसबारे सचेत गराउन जरुरी रहेको र मृगौला खराब हुने मुख्य कारणका रुपमा अहिले उच्च रक्तचाप र मधुमेह देखिएको भन्दै उनले खानपान जिवनशैलीलाई परिवर्तन गर्नुपर्ने बताए ।


    कार्यक्रममा समाजका अध्यक्ष रेशम बहादुर महराले समुदायमा रहेर सामाजिक उत्तरदायित्वका धेरै काम गर्दै आएको बताए । बुटवल उपमहानगरपालिकाको सरसफाई, रक्तदान, सचेतनामुलक कार्यक्रमका साथै दशैको पहिलोपटक पत्रकारहरुको मात्रै स्वास्थ्य परिक्षण कार्यक्रम गर्न सफल भएको जिकिर गरे ।


    कार्यक्रममा मेडिकल ल्याब्रोटरी एशोसियसन (मेलान) केन्द्रिय सचिवालय सदस्य तथा बुटवल प्रयोगशालाका संचालक गुणानिधि खनाल, मेडिक्रस डाएग्नोसिष्ट ल्याब्रोरेटरीका सञ्चालक मनोज काफ्ले, नयाँदिशा डटकमका सम्पादक श्यामललाल पोख्रेलले धेरै महत्वपूर्ण कार्यक्रम गरिएको भन्दै आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्न सुझाव दिए ।


    कार्यक्रममा समाजका सचिव नारायण वलीले दुई दर्जन पत्रकारहरुको स्वास्थ्य परिक्षण अन्तर्गत मृगौलाको अवस्था जाँचसहित उच्च रक्तचाप र मधुमेह परिक्षण गरिएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij