बुटवल । बुटवल ८ सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाले आफना शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।
सहकारीको पांचौ सिद्धान्तले शिक्षा तालिमलाई विशेष जोड दिएको छ भने राष्ट्रिय सहकारी नितीमा समेत सहकारी शिक्षातालिम र सुचना लाइव्यापक र प्रभावकारी वनाउन सम्बन्धित सरकारी निकाय तथा सहकारी संघ संस्थालाई प्रभावकारी बनाउन र सदस्यहरुको चेतनाअभिबृद्धि गर्न व्यवस्थापन क्षमता बढाउन सहकारी अनु शिक्षण र तालिमलाई अनिवार्य गरिएको छ ।
तालिमले व्यक्तित्व विकास कार्यक्षमता र कार्यदक्षताको विकास र आएका समस्या समाधान गर्ने क्षमताको विकास हुने विश्वास लिईएको कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले बताए ।
समायानुसार नया नया प्रविधिहरुको प्रयोग गर्दै बैज्ञानिक विश्लेषणात्मक दृष्टिीकोण राख्न सक्ने वनाउनु पनि तालिमको उद्देश्य रहेको अध्यक्ष क्षेत्रीले बताए।
तालिममार्फत कार्य कुशलतामा बृद्धि हुदै स्वस्थप्रतिश्पर्धा गर्न सक्ने क्षमतामा बृद्धि गराउनु, जनशक्तिको भरपुर सीप ज्ञानको विकास गर्दै व्यक्ति विकासमा टेवापुर्याउने र आवश्यक थप जनशक्तिलाई समेत विकास मुलक सेवामुलक र जनमुखी वनाउनु नै तालिमको प्रमुख उद्देश्यरहेको अध्यक्ष क्षेत्रीए ।
जुन सुकै क्षेत्रमा कामगर्दा सफल हुनपनि सो क्षेत्रका वारेमा सम्पुणर् ज्ञान हासिल भएको हुनु पर्दछ । त्यसका लागि सहकारीमापनि समय सापेक्ष तालिममा सहभागीताअनिवार्य रहेको सहकारी विज्ञ तथा प्रशिक्षक दामोदर प्रसाद पंगेनीले बताए ।
यसरी सहकारीका पदाधिकारी , कर्मचारी तथा सदस्यहरु प्रशिक्षित भइ कार्यक्षमता अभिबृद्धि गरेमात्र संस्था संचालनमा सहजता आउंछ र सहकारी क्षेत्रको भविश्य उज्वलहुने कल्याणकारी बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष डोल प्रसाद पाण्डेले बताए ।
एक दिनेतालिममा सहकारीको मूल्य, मान्यता, सहकारीको सिद्धान्त, सहकारीको संगठनात्मक संरचना, सहकारीमा अध्यक्ष तथा व्यवस्थापन प्रमुख र शेयर सदस्यकोे भूमिका एवम् सीमारेखा, सहकारी संस्थाको वित्तीय विश्लेषणको तयारी, वित्तीय सुचाकांकको मापनतथा गणना, वित्तीयअनुपात प्रस्तुति र विश्लेषण, सहकारीमा आन्तरिक तथा बाह्य सुशासन र सहकारी क्षेत्रका समस्या तथा समाधानका उपायहरूको विषयमा सहभागिहरुलाई प्रशिक्षण दिईएको तालिम संयोजक हुमबहादुर जिसीले बताए । तालिममा ३० जनाको सहभागिता रहेको थियो ।




