बुटवल । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार रमेश विष्ट प्यालनसहित मैदानमा उत्रिएका छन् । शनिबार काठमाडौंमा विष्टले प्यानलसहित उम्मेदवारी सार्वजनिक गरेका हुन् ।
विष्ट नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभासप्रसाद साह र महासचिवमा लेखनाथ न्यौपानेको उम्मेदवारी रहेको छ ।
यस्तै, खुला सचिवमा उत्तरसिंह विष्ट, मधेशी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाति सचिवमा भीषण राई, एशोसिएट सचिवमा विकास कार्की र कोषाध्यक्षमा रामकृष्ण अधिकारीले विष्टको प्यानलबाट उम्मेदवारी दिएका छन् ।
यस्तै, विष्टको प्यालनबाट कोशी प्रदेश केन्द्रीय सदस्यमा तीर्थ सिग्देल र दीपेन्द्रकुमार राई, मधेश प्रदेश केन्द्रीय सदस्यमा राजु विश्वकर्मा र सञ्जयकुमार राउत, बागमती प्रदेश केन्द्रीय सदस्य उपत्यकाबाहेकमा मणिराज गौतम र मीनकुमार दाहाल छन् ।
गण्डकी प्रदेश केन्द्रीय सदस्यमा दीपक भट्टराई, लुम्बिनी प्रदेश केन्द्रीय सदस्यमा यानेन्द्र जिसी र सुमन अधिकारी, कर्णाली प्रदेश केन्द्रीय सदस्यमा देवीराम देवकोटा र यज्ञराज थापा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा डिलबहादुर सिंह र रामसिंह ठगुन्ना तथा उपत्यका प्रदेशमा अर्जुन पन्त र सूर्य सुवेदी उम्मेदवार रहेका छन् ।
प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यमा वीरेन्द्र ओली र साहस भट्ट, खुला केन्द्रीय सदस्यमा केशवबहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्ध लोप्चन र रामकुमार श्रेष्ठ, आदीवासी, जनजाति केन्द्रीय सदस्यमा सरु राना, मधेसी केन्द्रीय सदस्यमा मीनाकुमारी यादव, खस आर्य केन्द्रीय सदस्यमा दिया चन्द र दलित सदस्यमा लक्ष्मण दर्नाल उम्मेदवार छन् ।
त्यसैगरी, आदिवासी जनजातितर्फ अर्जुनबहादुर तामाङ, मधेसीमा चन्द्रदेव कामती (पुरुष), ललिताकुमारी साह (महिला), अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा अर्जुन काफ्ले, अल्पसङ्ख्यकतर्फ केन्द्रीय सदस्यमा बख्तियार अली, लेखा समिति संयोजकमा ध्रुव रावल तथा लेखा समिति सदस्यहरूमा गणेशप्रसाद बन्जाडे र लक्ष्मी चौधरी उम्मेवार रहेका छन् ।
धेरैले विष्टलाई प्रेस युनियनको 'बागी उम्मेदवार'का रूपमा हेरेका छन् । पत्रकार महासंघको आगामी चुनावमा प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरेका छन् । जसबाट संयुक्त उम्मेदवार निर्मला शर्मा रहेकी छन् । यता विष्टको प्यानललाई भने प्रेस सेन्टर नेपालले साथ दिएको छ ।
विष्ट नेतृत्वको प्यानल शनिबार सार्वजनिक भएको थियो । शर्मा नेतृत्वको प्यानल भने आज सार्वजनिक हुने बताइएको छ । पत्रकार महासंघको आगामी चुनावमा यी दुई उम्मेदवारबीच कडा टक्कर हुने धेरैको विश्लेषण रहेको बताइएको छ ।




