२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

निर्माताले स्थगन गरेपनि वितरकले ‘पूर्णबहादुरको सारङ्गी’ हलबाट उतार्न मानेनन्

निर्माताले स्थगन गरेपनि वितरकले ‘पूर्णबहादुरको सारङ्गी’ हलबाट उतार्न मानेनन्

निर्माताले स्थगन गरेपनि वितरकले ‘पूर्णबहादुरको सारङ्गी’ हलबाट उतार्न मानेनन्

निर्माताले स्थगन गरेपनि वितरकले ‘पूर्णबहादुरको सारङ्गी’ हलबाट उतार्न मानेनन्

निर्माताले स्थगन गरेपनि वितरकले ‘पूर्णबहादुरको सारङ्गी’ हलबाट उतार्न मानेनन्
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • बुटवल । ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता र वितरकबीच फिल्म हलमा प्रदर्शन जारी राख्ने र उतार्ने विषयमा विवाद देखिएको छ  ।

    फिल्म पुष्पा-२ का कारण सिनेमा हलले पर्याप्त शो नदिएको भन्दै सोमबारबाट फिल्मको प्रदर्शन स्थगन हुने घोषणा गरेका थिए । उनीहरुले केही हलहरुले कर्नरिङ गरेपछि विद्रोह गर्न प्रदर्शन रोक्ने निर्णय गरिएको बताएका थिए । 


    तर, निर्माताले ‘सारङ्गी’लाई हलबाट उतार्ने घोषणा गरे पनि वितरकले फिल्मको प्रदर्शन जारी राख्ने भएका छन् । फिल्मका दुई वितरक कम्पनी टी-फोक फिल्मस् र ब्याङ्कटेस इन्टरटेनमेन्टले सबै हलहरुलाई इमेल पठाउँदै योजनाअनुसार नै प्रदर्शन अगाडि बढाउन आग्रह गरेको छ । वितरकबाट इमेल प्राप्त भएसँगै हलहरुले सोमबारका लागि शो उपलब्ध गराएका छन् ।


    ‘पूर्णबहादुरको सारङ्गी’ हलमा लाग्नुभन्दा अघि यसका निर्माता र वितरकबीच फिल्म प्रदर्शनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । जसको दोस्रो नम्बर बुँदाले वितरकलाई फिल्मको प्रदर्शन जारी राख्न अधिकार दिएको छ । उक्त बुँदामा निर्माण कम्पनीले नेपाली हलहरुमा रिलिज गरेको मितिबाट ६ महिनाको लागि फिल्मको वितरण एवं प्रदर्शन गर्ने अधिकार वितरकमा निहित रहने उल्लेख छ । फिल्मको प्रदर्शनलाई निरन्तरता दिन वितरकले यसैलाई आधार बनाएर निरन्तरता दिने भएका हुन् ।


    पछिल्लो समय आफूखुसी निर्माता र वितरकले फिल्मको प्रदर्शन स्थगन गर्ने परिपाटी बढेपछि वितरक र प्रदर्शकहरुको संस्था नेपाल चलचित्र संघले पनि यो विषयमा छलफल गर्ने तयारी गरेको छ । संघले यस विषयमा चाँडै महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।


    बिहीबारबाट प्रदर्शनमा आएको ‘पुष्पा २’का कारण ‘सारङ्गी’ को शो घटेको छ । यद्यपि, प्राप्त शोमा फिल्मको अकुपेन्सी भने अझै पनि राम्रो देखिएको छ । 


    फिल्मले अहिलेसम्म ४५ करोडभन्दा बढीको व्यापार गरिसकेको छ । प्रदर्शन यथावत् रहेको खण्डमा फिल्मले ५० करोडको आँकडा नघाउन सक्ने सम्भावना छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij