२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

वरिष्ठ नेफ्रोलोजिष्ट डा बस्नेत अब क्रिमसन अस्पतालमा

वरिष्ठ नेफ्रोलोजिष्ट डा बस्नेत अब क्रिमसन अस्पतालमा

वरिष्ठ नेफ्रोलोजिष्ट डा बस्नेत अब क्रिमसन अस्पतालमा

वरिष्ठ नेफ्रोलोजिष्ट डा बस्नेत अब क्रिमसन अस्पतालमा

वरिष्ठ नेफ्रोलोजिष्ट डा बस्नेत अब क्रिमसन अस्पतालमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • तिलोत्तमा । मँसीर २६ गते । मृगौला सम्बन्धि विशेषज्ञता हासिल गरेका डा। शक्ति बस्नेतले अब क्रिमसन अस्पतालबाट सेवा प्रवाह गर्ने भएका छन् । यही षौष ३ गतेबाट हरेक दिन बिहान १० बजेदखि दिउँसो १२ बजेसम्म क्रिमसन अस्पतालमा डा। बस्नेतलाई भेटेर मृगौला सम्बन्धि रोगका विषयमा सेवा तथा परामर्श लिन सकिनेछ ।

    अत्याधुनिक सेवा प्रवाह तथा दक्ष चिकित्सिकहरुलाई नियुक्त गरेर आफुलाई यस क्षेत्र मै अब्बल बनाउदै आएको क्रिमसनले यही पौष ३ गतेबाट भने डा। बस्नेतलाई नेफ्रो अर्थात मृगौला सम्बन्धि समस्याको उपचार र रोग निदानका हेतुले नियुक्ति गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए ।

    बस्यालले स्थानीयलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालको उद्देश्यले बिस्तारै मुर्तरुप लिदै गएको बताए । डा। शक्ति बस्नेत देश कै चिरपरिचित नेफ्रोलोजिष्ट डाक्टर हुन् । औँलामा गन्न सकिने गरि नेफ्रोलोजिष्ट डाक्टरहरु रहेको नेपाल जस्तो अति कम विकशीत देशमा वरिष्ठ नेफ्रोलोजिष्टको रुपमा डा। बस्नेतलाई क्रिमसन अस्पतालमा नियुक्ति गर्न पाउनु सबैका लागी सुखद समाचार भएको बस्यालको भनाई छ ।

    ईसं २०१० मा शिक्षा मन्त्रालयको छात्रबृत्ति अन्तर्गत नेफ्रो  सम्बन्धि अध्ययन गरेपश्चात् डा। बस्नेतले नेफ्रोलोजिष्टको रुपमा सेवा प्रवाह गर्न लागेको १४ बर्ष पुरा भयो । राजधानी काठमाण्डौंस्थित बीर अस्पतालको मृगौला रोग विभागमा ५ बर्ष काम गरेको अनुभव संगालेका डा। बस्नेतले त्यत्ति नै समय सामाजिक कार्य अन्र्तगत नेपाल किड्नी फाउण्डेसनको स्थापना गरि संस्थापक अध्यक्षको हैसियतममा काम गरे ।

    मृगौला सम्बन्धि जनचेतना जगाउदै आएको उक्त संस्थाले अहिले पनि स्थानीय स्तरमा जनचेतना जगाउदै र मृगौला रोग सम्बन्धि समस्याहरुबाट जोगिने उपाएका विषयमा सचेत बनाउने गरि विभिन्न किसिमका सामाजिक कामहरु गर्दै आइरहेको छ । निरन्तर कर्म गर्ने सिलसिलामा पछिल्लो समय मोफसललाई कार्यथलो बनाएर बुटवल क्षेत्रमा सक्रिय डा। बस्नेतले गौतम बुद्ध मुटु अस्पतालको मृगौला रोग विभागको प्रमुख पदमा रही काम गरेको अनुभव छ भने त्यस लगत्तै ६ बर्षसम्म बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृगौला रोग विभाग स्थापना गरि प्रमुखका रुपमा रही काम गर्दै आएको अनुभव पनि छ ।

    मृगौला सम्बन्धि विशेषज्ञता हासिल गरेका डा। शक्ति बस्नेतले आफनो अनुभवलाई थप परिष्कृत एवँ सेवामैत्री बनाउने उद्देशयसहित अब तिलोत्तमा ५ मणिग्राममा रहेको क्रिमसन अस्पतालबाट समेत सेवा प्रवाह गर्न लागेको बताएका छन् । उनले यही पौष ३ गतेबाट क्रिमसन अस्पतालबाट समेत सेवा प्रवाह गर्ने जनाएका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij