२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

टी-२० विश्वकप : भारत दोस्रो पटक विश्वविजेता

टी-२० विश्वकप : भारत दोस्रो पटक विश्वविजेता

टी-२० विश्वकप : भारत दोस्रो पटक विश्वविजेता

टी-२० विश्वकप : भारत दोस्रो पटक विश्वविजेता

टी-२० विश्वकप : भारत दोस्रो पटक विश्वविजेता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ १७ २०८१
आइतवार, आषाढ १७ २०८१
  • बुटवल । भारतले आईसीसी टी-२० विश्वकप  क्रिकेटको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै भारतले विश्वकपको उपाधि जितेको हो । 


    बार्बाडोसस्थित केन्सिङ्टन ओभल स्टेडियममा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको हो । यससँगै पहिलो पटक टी-२० विश्वकपको उपाधि जित्ने दक्षिण अफ्रिकाको सपना चकनाचुर बनेको छ ।


    भारतले भने सन् २००७ मा पनि टी–२० विश्वकपको उपाधि जितेको थियो । यो सँगै उसले दोस्रो पटक उपाधि जितेको छ ।


    भारतले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । 


    दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गर्दै ५२ रनको योगदान दिए । 


    यसैगरी क्वीनटन डी ककले ३१ बलमा ३९ रन, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिँदा डेभिड मिलरले १७ बलमा २१ रन बनाए । दक्षिण अफ्रिकाले जितका लागि निकै संघर्ष गरेपनि भारतीय बलरसामू पछिल्लो ओभरहरुमा निरीह सावित भए । भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३ विकेट लिए ।


    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै रन १७६ बनाएको थियो । 


    भारतको विशाल लक्ष्य बनाउने क्रममा विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे । उनले ५९ बलको सामना गर्दै टीमका लागि ७६ रनको योगदान दिए ।


    जसमा ६ चौका र २ छक्का समेत समावेश थियो । विश्वकपमा खासै चल्न नसकेका विराटले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै भारतका लागि सम्मानजनक स्कोर बनाएका हुन् । 


    यस्तै कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए भने ऋषभ पन्त शून्य रनमा आउट भए । यस्तै सूर्यकुमार यादव पनि ३ रन जोडेर आउट हुँदा अक्षर पटेलले भने ४७ रन बनाए । 


    यस्तै शिवम दुवेले पनि २७ रन बनाउँदा दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए । त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट लिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij