बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलको आयोजनामा दोस्रो विद्यालयस्तरीय दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । १० वटा विद्यालयले प्रतिस्पर्धा गरेको प्रतियोगितामा जगन्नाथ मावि प्रथम भएको छ । यस्तै न्यू होराइजन मावि बुटवल दोस्रो, शान्ति नमूना मावि मणिग्राम तेस्रो र सगरमाथा मावि देवदह सान्त्वना भएका छन् । विजेता टिमले क्रमशः १५ हजार, १२ हजार,९ हजार र ६ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका
कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापाले निजी क्षेत्रको विद्यालयले नेपालको मौलिक कला संस्कृतिको संरक्षण र कलाकार उत्पादन गर्न टेवा पुग्ने गरी दोहोरी गीत प्रतियोगिता आयोजना गर्नु सराहनीय काम भएको बताइन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजू,कोषाध्यक्ष रामेश्वर श्रेष्ठ, प्रिन्सिपल लोकनाथ उपाध्याय लगायतले बोल्दै न्यू होराइजनले शैक्षिक क्रियाकलापसंगै संगीत,कला, साहित्य जस्ता विधामा पनि विद्यार्थीका प्रतिभा प्रष्फुटनका लागि पनि ठूलो लगानी गरिरहेको बताए ।
विद्यालय तहका विद्यार्थीबीच लोक दोहोरी प्रतियोगिता आयोजना गर्ने न्यू होराइजन लुम्बिनी प्रदेशमै पहिलो निजी विद्यालय भएको भन्दै उनीहरुले प्रतियोगिता सम्पन्न गर्न खर्चिलो र चुनौतिपूर्ण भएपनि निरन्तरता दिइएको बताए ।
कार्यक्रममा उपप्राचार्यहरु बालकृष्ण भण्डारी, बासुदेव अर्याल, राजीव श्रेष्ठ, कार्यक्रम संयोजक कल्पना पाण्डे, शिक्षकहरु हरिप्रसाद पौडेल, मिलन राना लगायतले आफ्ना भनाई राखेका विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्यालले जानकारी दिए । विद्यार्थीको दोहोरीमा शिक्षक र विद्यार्थी छमछमी नाचेर मनोरन्जन लिएका थिए ।




