भैरहवा । नगरको तीनपाङग्रे सवारीसाधन नियमनको लागि भैरहवामा साताव्यापी अभियान सुरु गरिएको छ ।
सिद्धार्थनगर क्षेत्रमा इरिक्साले नगरको टा«फिक व्यवस्थापनमा अवरोध गरेसँगै सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापनका लागि सरोकारवाला निकाय सहित मापदण्ड बनाएको छ । नगरमा अव्यवस्थित रुपमा संचालन भइरहेको तीनपाङग्रे सवारीसाधनलाई नियमन सहित व्यवस्थित गर्न अभियानको सुरुवात भएकोे हो । एक साता हुने अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र नगरप्रहरीको संयुक्त टोलीले नगरमा संचालित रिक्साहरुको कागजपत्र चेकजाँच देखि मापदण्ड, दररेट रुट लागायतको विषयमा नियमन हुनेछ ।
सिद्धार्थनगरभित्र विना दर्ताका अटो टेम्पु र ईरेक्सा जस्ता तिन पांग्रे सवारीले सडक जाम गर्ने, यात्रुलाई महंगो भाडा असुल गर्ने, मनपरी पार्किङ्ग गर्ने गर्दा नगरभित्र पैदलयात्री तथा अन्य सवारी चालकलाई समस्या पर्ने गरेको थियो । नगरपालिका कार्यपालिकाको वैठकले कागजात विनाका अटो टेम्पु र ईरेक्सालाई नगरभित्र संचालनमा रोक लगाउने निर्णय भएको थियो । यस्तै जिल्ला प्रशासन कार्यालयमा पनि सर्वपक्षिय बैठक मार्फत विभिन्न १० बुंदे निर्णय गर्दै अटो टेम्पु, ईरेक्साको संचालन, व्यवस्थापन र नियमन गर्ने निर्णय भएको थियो । ति निर्णयहरु कार्यान्वयन गर्नका नगरपालिकाको आवश्यकता अनुसारको पांच सयको संख्यामा अटो टेम्पु, ईरेक्सा तिन पांग्रे सवारी दर्ता का लागि अव्हान भएकोमा सिद्धार्थनगरमा ४ सय ७३ वटा दर्ता भएका छन । नगरको ट्राफीक व्यवस्थापनमा मुख्य चुुनौतीको रुपमा देखीएका अटो टेम्पो तथा इ–रिक्सा (तिनपाङग्रे) सवारी साधन व्यवस्थापनको लागी बुधबारबाटै नियमन सुरु गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।
अव दर्ता भएका ई रिक्सालाई मात्र नगर भित्र सचांलन गर्न दिनकोलागी नियमन सुरु भएको छ । एक हप्ता सम्म नियमन गरीने र त्यसपछि अटेर गर्नेलाई कार्वाही प्रक्रीयामा अगाडी बढाईने छ । दर्ता भए नभएको सजिलै छुटयाउनकोलागी नगरपालीमा दर्ता भएका ई रिक्सालाई पहेलो रगंको हाफ ज्याकेट समेत बितरण गरीएको छ ।
सिद्धार्थनगर नगरपालीकाका प्रमुख (मेयर) ईस्तियाक अहमद खानले नगरमा व्यवस्थित पार्किङ गरी ट्राफीक व्यवस्थापन गर्ने, नगरकलाई सुन्दरीकरण गर्ने, सही भाडादर लागुु गर्ने उदेश्यका साथ इ रिक्साको नियमन सुरु गरीएको बताए । ‘सिद्धार्थनगरलाई व्यवस्थित र सुन्दर बनाउने उदेश्यका साथ हामी अगाडी बढेका छनौ । सर्व पक्षिय बैठकको निर्णय कार्यान्वयनका लागि संचारकर्मी, प्रहरी प्रशासनको सहयोगको अपेक्षा रहेको उनले भने ।
सिद्धार्थनगर नगरपालीकाकी उप प्रमुख उमा अधीकारीले ई रिक्सा ब्यबस्थापनकालागी आफुहरु निर्वाचीत भएर आए देखीनै लागी परेको र अहीले यो अभीयान सफलताउन्मुख भएको बताईन । उनले नगरपालीकाले तोकेको मापदण्ड पुरा गरेर मात्र आफ्ना ईरिक्सा चलाउन सम्बन्धीत सवारी धनीहरुलाई आग्रह समेत गरीन् ।
जिल्ला ट्राफीक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुक प्रहरी निरिक्षक रन्जु केसीले अटो टेम्पो तथा इरिक्सासँग सम्बन्धित मापदण्ड पुुर्ण रुपमा कार्यान्यनमा लगीने भएकाले मापदण्ड पुुरा गरेर मात्र तिनपाङग्रे सवारी साधन चलाउन आग्रह गरीन् ।
नगरपालिकामा दर्ता हुनका लागि सम्बन्धित व्यवसायीसँग ब्लू–बुक, सवारीचालक अनुमतिपत्र र बिमालाई अनिवार्य गरिएको छ । गैरनेपाली नागरिक र बिना दर्ताका अटो टेम्पो तथा इरिक्सा संचालनमा भने प्रतिबन्ध लगाइएको छ ।
दर्ता प्रक्रियालाई विवाद रहित बनाउनका लागि पहिले दर्ता गर्न आउने अटो टेम्पु र ईरेक्सालाई पहिलो प्राथमिता दिइएको थियो । मापदण्ड अनुसार मुख्य सडकबाहेक किनाराका सर्भिस लेन र नगरका भित्रि सडकमा संचालन गर्नु पर्ने, दर्ता भई संचालनमा रहेका अटो टेम्पु र ईरेक्सा चालकहरुले अनिवार्य पोशाक लगाउनु पर्ने, यात्रुले देख्ने गरी, नगरपालिकाले तोकिदिएको भाडादर टास्नु पर्ने, रुट इजाजत लिनु पर्ने, यात्रुसँग निर्धारित भाडामात्र लिनु पर्ने, तोकिएको स्थलमा मात्र पार्किङ गरिनु पर्ने, नगरपालिकामा दर्ता भएको दर्ता नम्बर देखिने गरी राख्नु पर्ने लगायतका नियमहरु पलना गनुपर्ने छ ।




