२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  •  काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित भएको छ । ६९ वर्षे इतिहासमा महासंघले महिला नेतृत्व पाएको यो पहिलोपटक हो ।केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ । कोषाध्यक्षमा भने रामकृष्ण अधिकारीले जित नजिक छन् । विष्ट प्यानलका उनी प्रेस सेन्टरका नेता हुन् ।

    महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो । आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ । तर मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।

    केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालका अनुसार जिल्ला र प्रदेशले पठाएका विवरण रुजु गरेर चुनावी नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । ‘दिउँसो १२-१ बजेसम्म नतिजा आधिकारिक रुपमा सार्वजनिक हने सम्भावना छ’ उनले भने ।

    अनौपचारिक रुपमा संकलन गरिएको मतमा शर्मा एक हजारभन्दा बढी मतान्तरले विजयी हुने निश्चित भएको छ । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् । महासंघको अध्यक्षमा शर्मासँग युनियनका विद्रोही रमेश विष्ट प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थनमा प्रतिस्पर्धा गरेका थिए । देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि अध्यक्षको उम्मेदवार थिए ।

    महासंघको केन्द्रीय सदस्यहरुमा पनि अधिकांश शर्मा प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij