२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री विच संयुक्त संवाद, समस्या समाधान गर्न सुझाव कार्यदल गठन

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री विच संयुक्त संवाद, समस्या समाधान गर्न सुझाव कार्यदल गठन

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री विच संयुक्त संवाद, समस्या समाधान गर्न सुझाव कार्यदल गठन

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री विच संयुक्त संवाद, समस्या समाधान गर्न सुझाव कार्यदल गठन

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री विच संयुक्त संवाद, समस्या समाधान गर्न सुझाव कार्यदल गठन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • बर्दिया। लुम्बिनी र सुदरपश्चिम प्रदेशका विचमा कर्णाली नदीको स्रोत उपभोग तथा संरक्षणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेशको संयुक्त सुझाव कार्यदल गठन गरिएको छ ।

    कर्णाली नदीको नदीजन्य स्रोतको उपयोग तथा संरक्षणको बिषयमा लुम्बिनी र सुदरपश्चिम प्रदेशका मुख्यमन्त्रीको विचमा बुधवार सम्पन्न संयुक्त संवादले लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यदल गठन गरिएको छ ।

    जुन कार्यदलमा सुदुरपश्चिम प्रदेश सरकारका सचिव सदस्य, दुवै प्रदेशका वन मन्त्रालयका प्रतिनिधि, नदी तटिय क्षेत्रसंग जोडिएका स्थानीय तहका प्रतिनिधि, निकुञ्जका प्रतिनिधि, नापि कार्यालयका प्रतिनिधि लगायत सदस्य रहने छन् । सुझाव कार्यदलको सदस्य सचिवमा संवाद समुहको प्रतिनिधि रहने निर्णय भएको छ ।

    यो समितिले तीन तहका सरकार संग जोडिएका समस्याको पहिचान गर्ने र समाधानकालागि विकल्प सहित प्राथमिकता निर्धारण गरेर सुझाव दिनेछ । कर्णाली नदी जलाधार क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ओखरीया इन्टेक क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको विचमा संयुक्त संवाद गरिएको थियो ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुई प्रदेशको विचमा प्राकृतिक स्रोतको संरक्षण तथा सदुपयोग लगायत सिमानाको समस्या समाधान गर्नेगरी सुझाव कार्यदल गठन गरिएको जानकारी दिए ।‘समस्याको पहिचान गरेर वर्गिकरण गर्ने र सुझाव दिने जिम्मेवारी कार्यदलको छ’मुख्यमन्त्री आचार्यले भने,‘स्थानीय, प्रदेश र संघीय सरकारले के गर्ने भन्ने बारेमा समेत सुझाव संकलन हुने छ ।’

    समस्या समाधान गरे निकास निकाल्न सकिने र त्यसकालागी प्रदेश सरकारले पहल लिने बताए ।‘गेरुवा, राजापुरको मात्रै समस्या होइन, यो समस्या सिंगो प्रदेशको समस्या हो । समस्या समाधानको निकास निकाल्न सकिन्छ’मुख्यमन्त्री आचार्यले भने,‘दुवै प्रदेशले संयुक्त पहल लिन्छौं । कार्यदलले भूमिका बढाउछ ।’

    राष्ट्रिय निकुञ्ज सम्वन्धि ऐन संसोधन जरुरी रहेको र त्यसकालागि प्रधानमन्त्री समक्ष समेत अनुरोध गरेको बताए ।‘वि.सं. २०२९ सालमा बनेको निकुञ्ज संरक्षण ऐन संशोधन गर्नुपर्छ भनेर पहल लिएका छौं । प्रधानमन्त्री संग भएको बैठकमा पनि यो बिषय उठाएका छौं’उनले भने,‘समस्याको पहिचान गर्न पटकपटक बसाई गरेका छौं । हामि समस्या समाधान गर्नेगरी अघि बढेका छौं ।’

    यस्तै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यदलको जिम्मेवारी भित्र हाल सम्म भएका कामहरुको दस्तावेजीकरण गर्ने, सुझावहरुको संकलन गर्ने, ऐन, कानुनहरुको अध्ययन गर्ने, बजेट तथा कार्यक्रमको बारेमा जानकारी लिने लगायत रहने बताए ।

    ‘सुझावको आधारमा सुधारका कामहरु अघि बढ्छन्’उनले भने,‘संघीयतालाई बलियो बनाउनकालागि प्रदेशतहमा सहकार्य, समन्वय जरुरी छ । यसको सुरुवात लुम्बिनी र सुदुरपश्चिमबाट भएको छ ।’

    संवाद समुहले आयोजना गरेको संवादमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरी, सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, आर्थिक मामिला राज्य मन्त्री प्रकाश वम लगायतको सहभागिता थियो । गत बर्ष पनि यसैगरी दुवै प्रदेशका मुख्यमन्त्री स्तरीय संयुक्त संवाद गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij