२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

युरोसिक्स प्रविधिको बारेमा २३ दक्ष जनशक्ति निर्माण

युरोसिक्स प्रविधिको बारेमा २३ दक्ष जनशक्ति निर्माण

युरोसिक्स प्रविधिको बारेमा २३ दक्ष जनशक्ति निर्माण

युरोसिक्स प्रविधिको बारेमा २३ दक्ष जनशक्ति निर्माण

युरोसिक्स प्रविधिको बारेमा २३ दक्ष जनशक्ति निर्माण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष ३ २०८१
बुधवार, पौष ३ २०८१
  • बुटवल । धुवारहित गाडि बनाउदै वातानुकुलित गाडी बनाउनको लागि बुटवलका अटो मेकानिक्सहरुको क्षमता अभिबृद्धि गरिएको छ ।

    बुटवल अटो इन्जिनियरिङ एशोसियशन लुम्बिनी, रुपन्देही उद्योग संघ र इन्स्योर परियोजना नेपालको संयुक्त आयोजनामा बुटवल अटो भिलेज मैनाबगरमा काम गर्दै आएका अटो मेकानिक्सहरुलाई युरो सिक्स बिएस सिक्स गाडी प्रविधिको बारेमा कामदारहरुको लागि थप सीप तालिम प्रदान गरिएको हो ।

    b4abc387-d516-4d83-bc98-eaad3f58bdbe.jpg


    दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको दोस्रो चरणको ९६ घण्टे कामदारहरुको मंसिर १४ गतेदेखी २९ गतेसम्म तालिम प्रदान गरिएको हो । सम्बन्धित विषयमा कार्यरत कामदारहरु, एशोसिएशनकामा आबद्ध कामदार र विगतमा कोबिडका कारणले बेरोजगार भएका, बैदेशिक रोजगारीबाट फर्केका २३ युवाहरुलाई समेटेर १६ दिने तालिम प्रदान गरिएको बुटवल अटो ईन्जिनियरिङ एशोसिएशनका रुपन्देही लुम्बिनीका उद्योग उपाध्यक्ष एवं तालिम संयोजक ध्रुब राज भुसालले जानकारी दिए । 

    बुटवल अटो ईन्जिनियरिङ एशोसिएशनका रुपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले एसोसिएसनले कामदारको क्षमता तथा दक्षता वृद्धिहुने अपेक्षा सहित तालिम आयोजना गरिएको बताए। 

    तालिममा सहभागी बिजय पाण्डेले युरो सिक्स तथा युरो फोर गाडिको बारेमा धेरै सुनेपनि त्यसलाई कसरी मर्मत गर्ने तथा कसरी काम गर्ने विषयमा अन्यौल भएपनि तालिमले सिम प्रदान गरेको बताए । उनले यी गाडिहरु स्क्यान गर्ने तरिका तथा यी गाडिमा भएका सेन्सरको काम र कसरी सेन्सरको व्यवस्थापन हुन्छ भन्ने विषयमा सिक्न पाएको बताए । 

    बुधबार आयोजित समापन कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष सुनिल शाक्य, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, नेपाल अटो मेकानिक्स ब्यवसायी महासङका केन्द्रिय अध्यक्ष जनार्धन गर्ह्रे, पूर्व अध्यक्ष तथा संरक्षण सल्लाहकार ज्योति भण्डारी, सल्लाहकारबाट चन्द्रमणी भण्डारी, प्रमुख प्रशिक्षक चिन्तामणी खनाल, महासचिव पुनित पोखरेल लगायतले बोल्दै तालिममा सिकेको सिपले बुटवल अटो भिलेज भित्र युरोसिक्स प्रविधिका सवारी निर्माणमा थप टेवा पुग्ने बताएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij