२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

महिलाको नेतृत्वमा सामुदायिक वन

महिलाको नेतृत्वमा सामुदायिक वन

महिलाको नेतृत्वमा सामुदायिक वन

महिलाको नेतृत्वमा सामुदायिक वन

महिलाको नेतृत्वमा सामुदायिक वन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • बिष्णु खनाल - बर्दघाट (नवलपरासी) ।  प्राय घरधन्दामा सिमित हुने महिलाहरु पछिल्लो समय नेतृत्वमा रहेर काम गर्न थालेका छन् । घर सम्हालेका महिलाहरुले वन समेत  राम्रोसित सम्हालेका छन् । सामुदायिक वनमा महिलाहरुको नेतृत्व निकै राम्रो छ । 

    नवलपरासी पश्चिममा हाल ६५ वटा सामुदायिक बनहरु रहेका छन् । ३ वटा सामुदायिक  वन महिलाले सम्हालेका  छन् । बर्दघाट १२ मा रहेको बुद्धमंगल महिला  सामुदायिक बन, सुनवल ७ मा रहेको ज्यामिरे सामुदायिक बन र सुस्ता २ मा रहेको मदारबाबा सामुदायिक बनमा महिलाहरुलेनै नेतृत्व गरेर बन संरक्षणका क्षेत्रमा काम गरेका हुन् । हरेक बन उपभोक्ता समुहमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित छ । 

    विवादित रहेका सामुदायिक वनको नेत्रित्व गर्न पुरुषहरु असमथ्र्य रहेपछि महिलाहरुले नेत्रित्व सम्हालेका हुन् । प्रदेश नं. ५ र ४ को सिमा विवाद र नदिजन्य पदार्थको चरम दोहन भैरहेकोे मदारवावा सामुदायिक वनमा कुन्ती मुखियाको नेत्रित्व पाए पश्चात भने सिमा विवाद निरुपण संगै पहिलो पटक कटानको काम थालनी गरेको छ । बगर र नाङ्गा डाडाहरुमा तारवार र बृक्षारोपणको काम सम्पन्न गरेता पनि वन संरक्षणका लागि समुदायनै चुनौतिको रुपमा रहेको मुखिया बताउछिन् । दिउसोको समयमा गस्ती गरेर वनको रेखदेख गरेता पनि चरिचरण र काठदाउरा चोरीकार्य रोक्न निकै समस्या भएको उनको भनाई छ । 

    जल,जमिन,र जंगलमा महिलाको स्वामित्व स्थापित गर्नु पर्दछ भन्ने सामुदायिक वनको अबधारणा अनुशार  महिलाको नेत्रित्वमा आए पश्चात वनको संरक्षणमा कायापलट गर्न सफल वन हो ज्यामिरे सामुदायिक वन । महिलाहरुले रातको समयमा  जंगलमा गस्ती गर्न नसक्ने आरोप र लाल्छाना लाग्ने गरेको मा टिचन गुरुङ्गले अध्यक्षता पाए संगै  वन हेरालुमा समेत महिलाहरुनै रहेर काम गरेको अध्यक्ष गुरुङ्गले बताईन् । उनी भन्छीन् महिलाहरु वन जंगल संग प्रत्यक्ष जोडिने भएको हुदा महिला स्वायम सामुदायिक  वनको नेत्रित्व गर्नै स्थानमा पुग्दा वन जंगलको संरक्षणमा निकै सहजता भएको बताउछिन् । 

    काम गर्नै क्रममा सुसान र पारदर्शितालाई ध्यानमा राख्दै काम गरेको भएता पनि आफुहरुलाई असफल बनाउनका लागी अख्तीयारमै मुद्धा दायर गरेर अदालत धाउनुपर्नै अबस्था सृजना गरेको उनको गुनासो छ ।   

    वनको आम्दानीको स्रोतको मुख्य पाटो काठदाउरा कटान मात्रै हुदैन भन्ने ज्वलन्त उदाहरण बनेको छ बुद्धमंगल महिला सामुदायिक वन  । सामुदायिक वन भित्र रहेको बुद्धमंगल ताल बर्दघाट नगरपालिकाको प्रमुख पर्यटकिय स्थल हो । तालको संरक्षण र प्रबद्र्धनका लागि नगरपािलका लगाएत अन्य संघसंथा बाट आर्थिक सहयोग आउने गरेको छ ।  चौतर्फिक रुपमै अतिक्रमणमा परेपछि मात्र महिलाको हातमा परेको यो वनलाई अतिक्रमण रोक्नुनै पहिलो प्राथमिकता रहेको बताउछिन् बुद्धमंगल महिला सामुदायिक वनकी अध्यक्ष गोमा खाती ।

    केही सामुदायिक बनहरुले महिला समुह बनाएर सामुहिक जडिवुटी खेती, बेलको जुस उत्पादन, बाँस र वेतका मुढा बनाउने, काम गरी महिलाहरुलाई उद्यमशिलतामा जोड्‌ने कार्य गर्दै आईरहेका छन् । स्थापनाकाल देखी समुहमा बसेर आफुमा निखारता ल्याउँदै आएका महिलाहरु अहिले समुहको नेतृत्व  तहमानै रहेर काम गर्ने गरेका छन् ।

    पश्चिम नवलपरासी  मा रहेका सामुदायिक बनहरुको छाता संगठनको रुपमा रहेको सामुदायिक बन उपभोक्ता महासंघको नेतृत्वमा महिलाकै प्रतिनिधित्व छ  ।  सामुदायिक बन उपभोक्ता समुहमा लामो समय काम गरेको अनुभव संगाल्दै सारदा पोखरेलले नेतृत्व समालिरहनुभएको छ । काम गर्नै क्रममा गर्भ लाग्ने उनको भनाई छ ।

    उनी भन्छीन महिलाको नेत्रित्वमा काम गर्न कठिनाई पनि रहेको छ । ठाउमा गरिएका कुराको सुनुवाई नहुदा अप्ठ्‌यारो हुने गरेको छ । महिलाहरुले नेत्रित्व गरेको ठाउमा पारदर्शिता रहेको छ । कतिपय सरकारि निकायमा गएर कुरा राख्दा सुनुवाई नहुने गरेको उनको भोगाई छ । तपाईहले आफुले गरेका काम बाट कतिको सन्तुष्ट कति हुनुहुन्छ भनेर प्रतिप्रश्न राख्ने खालका भोगाई रहेको उनी बताउछीन् ।  पुरुषहरुले बढि हाउभाउ गर्नै भएतापनि महिलाहरुले नेत्रित्व गरेको ठाउमा आर्थिक पाटो भने चुस्त दुरुस्त रहने गरेको पोखरेलको भनाई छ । 

    महिलाहरुले नेतृतव गरेका सामुदायिक बनहरु राम्रो संग संचालन भैरहेको बताउनुहन्छ सामुदायिक बन उपभोक्रा महासंघ नेपालका केनिद्रय सदस्य कमल परियार। शुसान सहभागितामुलक नेतृत्व विकास जल जमिन र जंगलमा महिलाको स्वामित्व हुनुपर्छ भन्ने अवधारणाका साथ अगाडि बढेको उनको भनाई छ ।

    महिलाहरुले चाहेमा घरमै बसेर जंगलको संरक्षण गर्न सक्ने सामथ्र्य राख्ने भएकोले बन संरक्षणमा महिलाको भूमिका अग्रणी रहेको परियार बताउँछन् । उनी भने “ सामुदायिक बन भित्रका नाङ्गा डाँडाहमा विरुवा रोप्ने , संरक्षण र हुर्काउने कार्यमा सबैभन्दाबढि महिलाहरुनै सहभागि  जनाउँदै आईरहेको र आगलागीका कारण बन क्षती हुँदा गाग्रीमा पानी बोकेर लगेर बनमा आगो लाग्दा निभाएर बन बचाएका ईतिहाँस अहिले पनि जिवित छ ।”

    पुरुषहरुमा धेरै स्वार्थको लडाई हुने तर महिलाहरु ईमान्दार र निस्पक्ष भएर पारदर्शी रुपमा काम गर्ने भएकोले कतिपय ठाउमा पुरुषहरु नेतृत्व लिन तयार नभएर महिलाले नेतृत्व समालेपछि सफल ब्यबस्थापन भएका उदाहरण रहेको परियार बताउनुहुन्छ । 

    सुनवल १२ भूमहीकी सुमित्रा भट्टराई सामुदायिक बन उपभोक्ता समुहमा रहेर काम गर्न लागेको धेरै समय भैसक्यो । उनी हाल बाबा बर्दगोरिया सामुदायिक बनको सचिव छिन ।  घर भित्रै सिमित हुने महिलालाई घरको काम सकेर सामाजीक कामको लागि समय ब्यबस्थापन गर्नु आफैमा चुनौतिपूर्ण रहेको उनी बताउँछन् ।  महिलाहरु नेतृत्वमा आउनु गौरवको कुरा भएको उनको बुझाई छ । उनी भन्छिन् “ महिलाहरु नेतृत्वका लागि सक्षम छन् तर पुरुषनै हुनुपर्छ भनने मानसिकताका कारण महिलाहरुलाई निरिह हुन्छन्, कमजोर हुन्छन् भन्ने मानसिकताले गर्दा  आत्मबलको अभाव छ ।

     

    योजनाको स्थायित्व र निरन्तरको अभाव
    सुरुवाती चरणमा उद्यमशिलताको विकासलाई प्राथमिकता दिएका सामुदायिक बनहरुले नेतृत्व परिवर्तन भए संगै त्यस्ता कार्यलाई प्राथमिकता नदिँदा कतिपय सामुदायिक बनमा संचालित योजनाहरुले गति लिन नसकेकोमा भने महिला दिदीवहिनीहरुको गुनासो छ ।

    बर्दघाट २ चिसापानीमा रहेको चिसापानी सामुदायिक बन   नमुना बनको उपाधी पाईसकेको बन हो । यस बन समुहमा आवद्ध महिला दिदीबहिनीहरुको आर्थिक अवस्था सुधार र नेतृत्व विकासका लागि महिला समुह गठन गरी जडिबुटी खेती गरिदै आएको थियो । जडिबुटीको प्रसोधनका लागि सामुदायिक बनलेनै प्लान्ट संचालनमा ल्याएको थियो । जडिबुटी खेती सुरु गरेको केहि बर्ष उत्पादन पनि राम्रो भएको र त्यबाट राम्रै आर्थिक आम्दानी गरिए पनि अहिले त्यसले निरन्तरता पाउन नसकेको लालिगुराँस जडिबुटी समुही अध्यक्ष माया परियार बताउछिन् ।

    सामुदायिक बनमा नेतृत्व परिवर्तन भए संगै पछिल्लो समय जडिबुटी खेती र प्रसोधनको पाटोलाई प्राथमिकता नदिँदा अहिले समुहले सोचेजस्तो काम गर्न नसकेको उनको भनाई छ । हाल बाहिर बाट अम्लीसो मगाएर समुहमा आबद्ध महिला दिदीबहिनीहरुले कुचो तयार गरी विक्रिवितरण गर्ने गरेको तर यसमा सामुदायिक बनको तर्फबाट कुनै सहयोग प्राप्त नभएको उनको गुनासो छ । 


    चिसापानी सामुदायिक बनमा जडिबुटी प्रशोधन केन्द्र संचालनमा आए  संगै अन्य सामुदायिक बनहरुले पनि महिलाहरुलाई समुह बनाएर जडिबुटी खेतीमा आवद्ध बनाएका थिए । तर यो योजनाले लामो समय निरन्तरता पाउन सकेन । सामुदायिक बनको नेतृत्व आवधिक हुने भएकोले निश्चित अवधी पछि नेतृत्व परिवर्तन हुने र नेतृत्व गर्ने ब्यक्तिको सोच र ईच्छा शक्ति फरक फरह हुने हुँदा कतिपय विगतमा असल सुरुवात गरिएका योजनाहरुले निरन्तरता पाउन नसकेको महिलाहरुको गुनासो छ ।

     
    सामुदायिक बनसमुह र सरकार विच पछिल्लो समय द्धन्दको अवस्था सिर्जना हुँदा स्थानियर सरकारले पनि सामुदायिक बन संग सहकार्य गरी महिला उद्यमशिलताका क्षेत्रमा काम गर्न सकिरहेका छनन् । सामुदाकिय बनलाई उत्पादन संग जोडेर नागरिकको जीवनस्तर उकास्ने र आर्थिक समृद्धि हासिल गर्ने आवाज भाषणमा मात्र सिमित हुनेगरेको छ । बैदेशिक रोजगारमा जाने लहरका कारण वनमा पहिले जस्तो जनसहभागिता अहिले नरहेको बताउछन डिभिजन वन कार्यालय प्रमुख जिवन पंगेनी ।

    महिलाहरु समुहमा आबद्ध भएर साना तथा मझैला उधोगहरु संचालन गर्नु राम्रो तर आर्थिक  स्रोत सामुदायिक वनमा मात्रै रहेको हुदा डिभिजन वन कार्यालय बाट उचित सहयोग गर्न नसकिएको उनको भनाई छ । सामुदायिक वनले सामाजिक उत्तर दायित्व अन्र्तगत शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा खर्च गरेतापनि सरकारलाई कर तिर्न गुनासो मान्ने गरेको बताएका छन् । 


    २०५२ सालमा सामुदायिक बन उपभोक्ता समुह गठन भए देखिनै नवलपरासीमा गठित उपभोक्ता समुहहरुले महिला सहभागितालाई उच्च प्राथमिकता दिँदै आएका छन् ।  स्थापना काल देखिनै समुहमा ५० प्रतिशत महिलाको सहभागिता गराउँदै आएका छन् । सामुदायिक बनको २९ वर्षे यात्रामा सामुदायिक बन समुहमा रहेर काम गरेका धेरै महिलाहरु समाजका अन्य संघ संस्थाको नेतृत्व गर्न र सामाजीक नेतृत्वको रुपमा स्थापित भएका छन् ।  कतिपय महिलाहरु राजनितिक नेतृत्वमा पनि अगाडि बढेका छन् । सामुदायिक बन समुहको मुख्य भूमिका बन संरक्षण संग जोडिएको भए पनि यसले महिलको नेतृत्व र क्षमता विकासमा महत्वुपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ । 


    सरकारी स्तर बाट बनको संरक्षण सम्भव नभएपछि बनबाट लाभ लिने उपभोक्ताहरुलाई संगठित गरी सामुदायिक बनको धाराणामा बन संरक्षणको कदम अगाडि बढाए संगै बन संरक्षणको क्षेत्रमा राम्रो नतिजा आउन थालेको हो । सामुदायिक बनले बन संरक्षण संगसंगै उपभोक्ताहरुको जीवनस्तर उकास्न र नेतृत्व विकासका लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij