२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनी प्रदेशका कारागारमा क्षमता भन्दा बढी कैदी

लुम्बिनी प्रदेशका कारागारमा क्षमता भन्दा बढी कैदी

नयां भवन र शिक्षकको व्यवस्था गर्न मुख्य न्यायाधिवक्ताको सुझाव

लुम्बिनी प्रदेशका कारागारमा क्षमता भन्दा बढी कैदी

लुम्बिनी प्रदेशका कारागारमा क्षमता भन्दा बढी कैदी

नयां भवन र शिक्षकको व्यवस्था गर्न मुख्य न्यायाधिवक्ताको सुझाव

लुम्बिनी प्रदेशका कारागारमा क्षमता भन्दा बढी कैदी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशका सबैजसो जिल्ला कारागार र बाल सुधार गृहमा क्षमता भन्दा बढी कैदी राखिएको मुख्य न्याधिवक्ताको कार्यालयले स्वीकार गरेको छ । 

    दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही र नवलपरासीका  कारागार र प्रहरी हिरासत कक्षको अनुगमनका क्रममा कारागारमा क्षमता भन्दा धेरै केदी राख्दा अव्यवस्थित भएको  र बाल सुधार गृहमा शिक्षकको अभाव भएको पाइएको मुख्य न्याधिवक्ताको कार्यालयले जनाएको छ । 

    नवलपरासी कारागारमा क्षमता भन्दा अधिक संख्यामा कैदी बन्दी रहेकाले केही कैदी बन्दीको संख्या तत्काल स्थानान्तरण गर्नुपर्ने, थुनामा रहेका प्रायः युवा नै रहेकोले श्रम र रोजगारीको लागि व्यवस्था गर्नुपर्ने, बाल सुधार गृहमा ४२ जना विद्यार्थी रहेकोमा उनिहरुको लागि शिक्षक व्यवस्था गर्नुपर्ने, उमेर पुगेकाको संख्या पनि धेरै रहेकोले तिनीहरुलाई तत्काल प्रक्रिया पुरा गरि कारागार स्थानान्तरण गर्नुपर्ने अनुगमन टोलीले निश्कर्ष निकालेको छ । 

    भविस्यमा कुनै जोखिमपूर्ण अवस्था नआओस् भन्ने बारेमा सम्बन्धित निकायले समस्या समाधानका लागि पहल गर्नुपर्ने अवस्था रहेको मुख्य न्यायाधिवक्ता यमलाल खनालले बताए । 

    अनुगमनको क्रममा कारागार प्रशासन, सुरक्षाकर्मी र हिरासत तथा थुनामा रहेका व्यक्तिसँग छलफल समेत गरिएको छ । 
    यस्तै टोलीले रुपन्देहीमा रहेको बाल सुधार गृहको समेत अनुगमन गरेको छ । कारागारमा क्षमतभन्दा बढी कैदी बन्दी रहेकाले कारागारको पूर्वाधार थप गर्नुपर्ने देखिएको र सरकारलाई यस बारेमा जानकारी दिइने मुख्य न्याधिवक्ता यमलाल खनालले बताए ।

    ‘सबै जसो कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राखिएको छ, जसले गर्दा कारागार अव्यवस्थित छन्‌’- खनालले भने-‘कारगार व्यवस्थित बनाउन र कैदीको मानवअधिकार सुनिश्चित गर्न थप कारागार भवन बनाउन जरुरी छ,बालसुधार गृहमा कर्मचारी जनशक्ति समेत अभाव छ ।’ 

    कैदीवन्दीहरुको मानव अधिकारको सरक्षण, स्वास्थ्य सेवा, खानेपानी र सुलभ शौचालयको प्रवन्ध, खानपानको गुणस्तर र पोषण अनिवार्य सुनिश्चित गर्नुपर्ने देखिएको खनालले बताए ।


    कैदीवन्दीहरुको पुनःस्थापना र पुनः सामाजिकरणकालागि सञ्चालन गरिएका तालिम, सीप विकास कार्यक्रमलाई प्रभावकारी बनाउन अनुगमन टोलीले निगरानी गरेको छ । कारागार अनुगमनले कारागार व्यवस्थापनलाई सुधार गर्न र न्यायिक प्रणालीलाई थप प्रभावकारी बनाउन मद्धत पुग्ने मुख्य न्याधिवक्ता खनालले बताए । 


    मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्तसम्बन्धी ऐन, २०७५ मा प्रदेश भित्रका हिरासत तथा थुनुवा कक्षको अनुगमन र निरीक्षण गरी थुनुवाउपर मानवोचित व्यवहार नभएको भए मानवोचित व्यवहार गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने प्रावधान रहेको छ । सोही ऐनले तोकेको जिम्मेवारी अनुसार कारागार तथा प्रहरी हिरासत कक्षको अनुगमन गरिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij