२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कर्णपथ जसपा सिद्धार्थनगर ६ वडा कपको विजेता

कर्णपथ जसपा सिद्धार्थनगर ६ वडा कपको विजेता

कर्णपथ जसपा सिद्धार्थनगर ६ वडा कपको विजेता

कर्णपथ जसपा सिद्धार्थनगर ६ वडा कपको विजेता

कर्णपथ जसपा सिद्धार्थनगर ६ वडा कपको विजेता
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • भैरहवा ।  कर्णपथ लायन्स जसपा नेपाल सिद्धार्थनगर ६ वडा कप क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । 

    जसपा नेपाल सिद्धार्थनगर ६ ले पहिलो पटक आयोजना गरेको वडास्तरीय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा किंग्स ११ लाई १५ रनले पराजित गर्दैै कर्णपथ विजेता बनेको हो । खेलाडीहरुको माग र अहिले विश्वव्यापी रुपमा बढ्दो क्रिकेटप्रतिको क्रेजका कारण युवाहरुलाई प्रोत्साहन गर्न प्रतियोगिता गरिएको जसपा नेपालका जिल्ला अध्यक्ष सियराम यादवले बताए । उनले अब यो प्रतियोगिता निरन्तरता दिदै आगामी दिनमा नगर तथा जिल्लाा स्तरमा लैजाने योजना समेत रहेको बताए । 

    सिद्धार्थनगरमा पनि सबै क्षेत्रमा वडा कप हुदा यहाँ हाल नभएको देखिएकोले वडास्तरमा क्रिकेटको विकासका लागि हामीले नै यो प्रतियोगिता आयोजना गरेको जसपा सिद्धार्थनगर ६ का वडा अध्यक्ष इमरान अलिले बताए । 

    नेपाल पनि अहिले क्रिकेटको नामले देश विदेशमा परिचय बनाउदै गाएकोले यसमा सम्भावना देखेर नै पार्टीले ग्राउण्ड स्तरबाट खेलको सुरुवात गरेको  छ । विगतमा पनि पार्टीले खेलकुदको विकासका लागि आवश्यक सामानहरु उपलब्ध गराउदै आएको जिल्ला अध्यक्ष यादवले भने । 

    ६ वटा टिमको सहभागिता रहेको प्रतियोगिता १०–१० ओभर नकआउट चरणमा खेलाइएको थियो । स्थानीय सुगर मिल मैदानमा भएको फाइनल खेलमा सुरुवाती व्याटिङ गरेको कर्णपथले निर्धारित १० ओभरमा १०३ रन बनाएको थियो । जस्का लागि भोलाले ५०, इब्राहिमले २६ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन । जवाफी व्याटिङमा १०४ रनको लक्ष्य पाएको किंग्स ११ ले पुरै ओभर खेल्दै ८९ रन मात्र जोड्न सकेको थियो । जस्का लागि सलिमले ३७, सोनुले १२ रनको योग्दान गरेपनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न नसकेको कारण उपविजेतामा चित्त बुझाउनु पर्यो । 

    प्रतियोगितामा प्रथम हुने नगद १० हजार सहित ट्राफि, प्रमाणपत्र र मेडल, दोस्रो हुनेले ५ हजार ट्राफि र मेडल त्यस्तै उत्कृष्ट खेलाडी, बेस्ट बलर, बेस्ट व्याटर र म्यान अफ द म्याचलाई पनि नगद सहित पुरस्कृत गरिएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij