२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न प्रहरीको बिशेष निगरानी गर्न मुख्यमन्त्रीको आग्रह

सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न प्रहरीको बिशेष निगरानी गर्न मुख्यमन्त्रीको आग्रह

सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न प्रहरीको बिशेष निगरानी गर्न मुख्यमन्त्रीको आग्रह

सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न प्रहरीको बिशेष निगरानी गर्न मुख्यमन्त्रीको आग्रह

सिमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न प्रहरीको बिशेष निगरानी गर्न मुख्यमन्त्रीको आग्रह
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१

  • देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारत संग सिमा जोडिएका जिल्लाहरुलाई प्राथमिकतामा राखेर प्रहरीले बिशेष सुरक्षा योजना अन्तरगत निगरानी बढाउनुपर्ने बताएका छन । सिमा क्षेत्रबाट भइरहेको चोरी तस्करी र राजश्व चुहावट नियन्त्रण गर्न प्रहरीका उच्च अधिकारी समक्ष आग्रह गरे ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की संगको भेटमा मुख्यमन्त्री आचार्यले सिमा क्षेत्रबाट भइरहेको अवैध कारोबार र राजश्व चुहावटलाई रोक्न निर्देशन दिए ।‘तस्करी बढेको छ । अवैध बाटो भएर प्रसस्त माल सामानहरु भित्रिएका छन् । त्यसमा प्रहरीले निगरानी बढाउन जरुरी छ’मुख्यमन्त्री आचार्यले भने,‘मुल नाकाको साथ साथै अन्य चोरी हुने नाकाहरुको पहिचान गरेर प्रहरीले यसमा कडा निगरानी गर्न जरुरी छ । राजश्व चुहावटलाई रोक्ने र अवैधकारोबारहरुलाई निरुत्साहित गर्न प्रहरीले यसमा आफ्नो भूमिका बढाउन जरुरी छ ।’ 


    लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालेपछी प्रहरी नायब महानिरीक्षक कार्कीले मुख्यमन्त्री आचार्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गरेका छन ।‘भारतबाट दूध समेत नेपालमा आइरहेको भन्ने सूचना छ । यसले गर्दा नेपाली किसानको दूध विक्रि भइरहेको छैन् । कुखुरा, माछा पनि तस्करी भएर नेपाल आइरहेको छ’मुख्यमन्त्री आचार्यले भने,‘यि बिषयलाई बिशेष ध्यान दिन जरुरी छ ।’ भेटमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले सिमा क्षेत्रबाट हुने अवैध कारोबार, चोरी तस्करी र राजश्व चुहावट नियन्त्रणमा प्रहरी सक्रियतापूर्वक खटिएको जानकारी दिए ।

    उनले सिमा क्षेत्रमा निगरानी बढाएको र राजश्व छलेर भित्रिएका सामाग्रीहरु जफत गरिएको सुनाए । यसका साथै भारतबाट नेपाल गोरु भित्र्याउने र नेपाली बाटो भएर पुनः भारत पुर्‍याउने कार्यलाई रोक लगाइएको जानकारी दिए । ।

    ‘भारतीय गोरु तर, नेपाली बाटो भएर पुनः भारत लैजाने गिरोह सक्रिय छ । यसलाई नियन्त्रण गर्न पूर्णरुपमा खटिएका छौं’उनले भने,‘यि र यस्ता अवैध कारोबार हुन दिदैनौं ।’ हालै सम्पन्न प्रदेश सुरक्षा गोष्टीबाट पनि सिमा क्षेत्रमा भइरहेको चोरी तस्करी नियन्त्रण गर्न प्रहरी कार्यालयलाई बिशेष निर्देशन दिइएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij