२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

शहिद बहुमुखी क्याम्पसलाइ आर्थिक सहयोग जुटाउन महायज्ञको तयारी

शहिद बहुमुखी क्याम्पसलाइ आर्थिक सहयोग जुटाउन महायज्ञको तयारी

शहिद बहुमुखी क्याम्पसलाइ आर्थिक सहयोग जुटाउन महायज्ञको तयारी

शहिद बहुमुखी क्याम्पसलाइ आर्थिक सहयोग जुटाउन महायज्ञको तयारी

शहिद बहुमुखी क्याम्पसलाइ आर्थिक सहयोग जुटाउन महायज्ञको तयारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • बासुदेव ढकाल- रामपुर पाल्पा।जनआन्दोलन २०४६ मा सहादात प्राप्त शहिदहरुको सम्झना र सम्मानमा स्थापाना भएको पाल्पा रामपुरको शहीद बहुमुखी क्याम्पस महायज्ञ हुने भएको छ ।

    २०४८ सालमा स्थापना भएको शहिद बहुमुखी क्याम्पस रामपुरमा प्राविधिक शिक्षा र छात्रबास निर्माण आर्थिक संकलन सहयोगको लागि आगामी पुस १६ देखि २३ गते सम्म श्रीमद् भागवत धन धन्याचल ज्ञान महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको हो ।

    महायज्ञ आयोजना गर्न सरोकारवाला जनप्रतिनिधी राजनितिक दलका प्रमुख प्रतिनिधि अभिभावक,पूर्व तथा वर्तमान क्याम्पस संचालन समितिका  पदाधिकारी,प्राध्यापक बिद्यार्थीहरुको बृहत भेला बसी क्याम्पसको आर्थिक सहयोगार्थ महायज्ञ आयोजना गर्ने निर्णय गरी तयारीमा जुटेको हो।

    बृहत भेलाले क्याम्पस सञ्चालक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा ५ सय १ सदस्य मूल आयोजक समिति गठन गरी समिति तयारीमा जुटेको छ। भेलाले समितिको संरक्षकमा कालीगण्डकी बेशीका प्रतिनिधि सभा, प्रदेश सभाका सदस्य, रामपुर नगरपालिका संगै अन्य पालिकाका प्रमुखलाई महायज्ञको संरक्षकमा        चयन गरी तयारी भैरहेको छ। त्यसै गरी भेलाले आर्थिर सहयोग संकलन,प्रचार प्रसार ,अतिथि सत्कार लगाएत विभिन्न तयारी उपसमिति गठन गरेकोछ।

    वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल ज्यू मार्फत श्रीमद्भागवत कथा बाचन हुने महायज्ञमा ५ करोड बरावर दान आर्थिक सहयोग संकलन गर्ने लक्ष्य सहित तयारी भैरहेको महायज्ञ मूल आयोजक समिति अध्यक्षा एबं क्याम्पस संचालन समिति अध्यक्ष नेत्र प्रसाद भट्टराइले जानकारी दिए ।

    राष्ट्र निर्माण फाउण्डेशन कास्की नेपालको सहजीकरणमा हुने महायज्ञका लागि विभिन्न उपसमिति गठन,निमन्त्रणा पत्र, क्याम्पस परिषर सरसफाइ तथा रंगरोगन गर्ने मञ्च तथा पण्डाल निर्माण काम भैरहेकोछ।

    महायज्ञ तयारी कार्य प्रगतिबारे महायज्ञ मुल आयोजक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराइले पत्रकार सम्मेलनमार्फत जानकारी गराए। क्याम्पस परिषर रामपुर ७ किसानकारीमा पत्रकार भेटघाट कार्यक्रम गरी तयारी कार्य प्रगतिबारे जानकारी दिएका हुन।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij