२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मिना ढकालको नेतृत्वमा सञ्चारिका समुह रुपन्देहीको कार्यसमिति सर्वसम्मत चयन

मिना ढकालको नेतृत्वमा सञ्चारिका समुह रुपन्देहीको कार्यसमिति सर्वसम्मत चयन

मिना ढकालको नेतृत्वमा सञ्चारिका समुह रुपन्देहीको कार्यसमिति सर्वसम्मत चयन

मिना ढकालको नेतृत्वमा सञ्चारिका समुह रुपन्देहीको कार्यसमिति सर्वसम्मत चयन

मिना ढकालको नेतृत्वमा सञ्चारिका समुह रुपन्देहीको कार्यसमिति सर्वसम्मत चयन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • बुटवल । ‘ समानताका लागि सञ्चार’  अभियान भन्ने मुल नाराका साथ स्थापित संस्था  सञ्चारिका समुह रुपन्देहीको वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनबाट अध्यक्षमा मिना ढकाल सर्वसम्मतरुपमा निर्वाचित भएकी छन् ।

    जसको उपाध्यक्ष मिना पाण्डे (अस्मिना),  महासचिवमा  छाँया पन्त, सचिवमा पूजा पन्थी, कोषाध्यक्षमा अम्बिका परियार, कार्यक्रम संयोजक कल्पना डुम्रे  चयन भएका छन् ।  
    त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा सुमित्रा चापागाईं, शुशिला पोख्रेल, शारदा शाही, सृष्टि अधिकारी, एलिना आचार्य, प्रेरणा केसी, अनिता चौधरी, सुनिता चुदालीलगायत  निर्वाचित भएका छन् ।  त्यस्तैगरी आमन्त्रित सदस्यमा कल्पना घिमिरे चयन भएको निर्वाचन समिति सम्योजक अ्मृता अनमोलले जानकारी दिइन्। 


    कार्यक्रममा सञ्चारिका समुह रुपन्देहीका अध्यक्ष निरा गाैतमको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।  अर्यालले बोल्दै पत्रकार महिलाले हरेक क्षेत्रमा कलम चलाउनु पर्ने भन्दै पुरुष पत्रकारसंग प्रतिस्पर्धामा जानुपर्ने बताईन । उनले सन्चारिका समुहले विभिन्न चरणमा गरेका कार्यक्रमहरुबाट  स्थानीय तहको राम्रा नराम्रा दुवै खालको समाचारहरु बाहिर आएको बताइन् ।


    त्यस्तैगरी सञ्चारिका सम्मान – २०८१ बाट संस्थाका सल्लाहकार रेखा भुसाललाई सम्मान गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, समाजवादी प्रेस संगठन रुपन्देहीका अध्यक्ष  विनोद परियार, संस्थाका सल्लाहकारहरु माया गौतम, दुर्गा पौडेल, रेखा भुसाल, अमृता अनमोल, अध्यक्ष निरा गौतम (निरु)  उपाध्यक्ष मिना ढकाल र  महासचिव अस्मिना पाण्डेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम  महासचिव अस्मिना पाण्डे(मिना)  र कोषाध्यक्ष कल्पना डुम्रेले प्रस्तुत गरिएको प्रतिवेदन  सर्वसम्मतले पारित गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij