२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा प्रदेशस्तरीय श्रम सम्मेलन सम्पन्न

बुटवलमा प्रदेशस्तरीय श्रम सम्मेलन सम्पन्न

बुटवलमा प्रदेशस्तरीय श्रम सम्मेलन सम्पन्न

बुटवलमा प्रदेशस्तरीय श्रम सम्मेलन सम्पन्न

बुटवलमा प्रदेशस्तरीय श्रम सम्मेलन सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • बुटवल । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसी लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनमा बुटवलमा प्रदेश स्तरीय श्रम सम्मेलन सम्पन्न भएको छ।

    सबै राजनीति दलहरुको प्रतिनिधित्व हुने गरि ट्रेड युनियनको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले लुम्बिनी प्रदेशका श्रमिकका समस्यालाई साझा रुपमा उठाएर सरकारलाइ दबाब दिने गरि श्रम सम्मेलन आयोजना गरिएको हो।  

    ट्रेड युनियन काङ्ग्रेस लुम्बिनी अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा बोल्दै उनले श्रमिकहरुका बिभिन्न किसिमका समस्याहरुको सामाधानको लागि प्रयास गर्नको लागि कार्यक्रम आयोजना गरिएको बताए । 

    ट्रेड युनियन काङ्ग्रेसका राष्ट्रिय अध्यक्ष योगेन्द्र कुवरले लुम्बिनी प्रदेशका समस्या समाधान गर्नको लागि आफुले सक्दो प्रयास गर्ने बताएका थिए । 

    कार्यक्रममा समाजबादी ट्रेड युनियनका केन्द्रिय अध्यक्ष नवराज दहाल, कर्मचारी एसोशियसन महासंघका केन्द्रिय अध्यक्ष मणिरत्न श्रेष्ठ, जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले,  अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष बसन्त मल्ल लगायतले बोलेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij