२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कजाकिस्तान विमान दुर्घटना : ३८ जनाको मृत्यु, उद्धार गरिएकामध्ये ११ को अवस्था गम्भीर

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौं । अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ ।पाँच चालक दलसहित ६७ जना सवार विमान बुधबार कजाकिस्तानको अक्ताउ शहर नजिकै दुर्घटना भएको थियो ।

    घटनामा ३८ जनाको मृत्यु तथा दुई बालबालिकासहित २९ जनाको भग्नावशेषबाट उद्धार गरिएको सीएनएनले जनाएको छ ।

    उद्धार गरिएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको कजाकस्तानका उपप्रधानमन्त्री कानाट बोजुम्बेभले बताए । उनले भने, ”शवहरू खराब अवस्थामा छन्, धेरै जसो जलेका छन्, सबै जम्मा गरिएको छ ।”

    जहाजमा अधिकांश अजरबैजानी नागरिक थिए तर रुस, काजाकिस्तान र किर्गिस्तानका केही यात्रुहरू पनि थिए ।

    एक खोज टोलीले विमानको ब्ल्याक बक्स फेला पारेको छ । अजरबैजान र काजकिस्तान दुबैले दुर्घटनाको कारणबारे अनुसन्धान थालेका छन् ।

    समाचार एजेन्सी रोयटर्सकाअनुसार विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।

    रोयटर्स समाचार एजेन्सीले प्रमाणित गरेको भिडिओमा ल्यान्डिङ गियर डाउन भएको विमान तीव्र गतिमा जमिनतर्फ गइरहेको देखिन्छ ।

    अवतरण गर्ने प्रयास गरेको सेकेन्डपछि ठूलो फायरबल विस्फोट भएको देखिन्छ । भिडिओमा विमान दुर्घटना हुनुअघि एयरफिल्डमा अनियमित परिक्रमा गरिरहेको देखिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij